बलात्कार मुद्दामा फरार आठ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो । राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो । कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।उनका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फर्स्यौटका

सम्बन्धित सामग्री

किशोरी बलात्कार मुद्दाका फरार प्रतिवादी बानियाँटारबाट पक्राउ

१५ वर्षीया किशोरी बलात्कार मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिकामा पर्ने बानियाँटारका २१ वर्षीय राजेश मगर रहेका छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बुधबार बानियाँटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

बलात्कार गरी फरार भारतीय नागरिक पक्राउ

प्रहरीले जबर्जस्ती करणी (बलात्कार) को अभियोगमा मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज÷वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबर्जस्ती करणी …

नाबालिगलाई बलात्कार गरेर फरार रहेका एकजना पक्राउ

नाबालिगलाई बलात्कार गरेर फरार रहेका बर्दिया जिल्लाको गुलरिया नगरपालिका-१२ बस्ने अन्दाजी ४० वर्षका  श्रीराम चमार पक्राउ परेका छन् । चमारमाथि गत चैत १५ गते सोही स्थान बस्ने ६ वर्षकी नाबालिगलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोप छ ।घटनाको सूचना पाएपछि चमारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालित गरे पनि उनी घटनास्थलबाटै फरार रहेका थिए । उनको खोजतलास गर्दै जाने क्रममा लुकिछिपी बसेको अवस्थामा साउन २ गते पक्राउ गरिएको  प्रहरी नायव उपरीक

किशोरी बलात्कार गरी फरार भएको आरोपमा टिपर चालक पक्राउ

२८ असार, काठमाडौं ।  किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना टिपर चालक पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई बलात्कार गरी फरार रहेको आरोपमा दोलखाको गौरीशंकर गाउँपालिका-८ घर भएका ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार दोलखाबाट-काठमाडौंतर्फ आउँदै गरेको टिपरमा चढेकी किशोरीलाई घर पुर्‍याइदिने भनी चन्द्रगिरि नगरपालिका-७ थानकोटमा पार्किङ गरेर चालक नेपालीले टिपरमै […]

बलात्कार गरी फरार अभियुक्त १० वर्षपछि पक्राउ

काठमाडौं : मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई बलात्कार गरी फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका-१ का ३५ वर्षीय उमाशंकर गिरीलाई आइतबार सोही नगरपालिकास्थित छप्कैयाबाट पक्राउ गरेको हो।पर्साका डिएसपी ओमप्रकाश खनालका अनुसार गिरीले २०६२ जेठ २ गते मध्यरातमा नामथर र ठेगानासमेत बताउन नसक्ने अवस्थामा रहेकी  २६ वर्षीया महिलालाई बलात्कार गरी भागेका थिए।प्रहरीको प्रतिवेदन जाहेरीअनुसार उनीविरुद्ध सरकारी वकिलले मुद्दा चलाएर जिल्ल

युवतीमाथि सामूहिक बलात्कार आरोपमा दुई जना पक्राउ, दुई फरार

काठमाडौँ । दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस घटनामा संलग्न दुई जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-९ दोघरेका २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका […]

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार पक्राउ

बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन्।

बलात्कार गरी फरार रहेका दुई आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कार गरेर फरार दुईजनालाई पक्राउ गरेको छ। १७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार कपिलवस्तु बाणगंगा नगरपालिका–१ पिपराका २१ वर्षीय चन्द्र बहादुर थापा र ३१ वर्षीया महिलालाई...

बलात्कार मुद्दाका फरार युवक पक्राउ

बलात्कार मुद्दाका फरार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ घर भएका २९ वर्षीय रोहन विक भन्ने रोहन श्रेष्ठलाई पक्राउ गरेको हो ।श्रेष्ठले २०७२ असार २६ मा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा एक युवतीलाई बलात्कार गरेका थिए । युवतीलाई फकाएर कागेश्वरी मनहरा–७ स्थित एउटा गेष्ट हाउसमा लगेर उनले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।सो मुद्दामा उच्च अदालत पाटनले २०७५ जेठमा उनलाई  ५ वर्ष कैद सजाय हुन

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

बुटवल । दाङ जिल्ला प्रहरी कार्यालयले बिहिबार बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन बिकलाई पक्राउ गरिएको हो ।पक्राउ परेका बिकलाई तुलसीपुरको चोकमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।  उनलाई जिल्ला अदालतमा पेश गरी म्याद थप गरिएको छ ।