पाल्पामा बिहेभोज खाएपछि बिरामी परेका अधिकांशमा आउँका किटाणु देखिएको चिकित्सकले बताएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार दूषित पानी, खाना वा सरसफाइका कारणबाट आउँ लाग्ने गर्छ ।
काठमाडौं : बिहेको भोज खाँदा 'फूड पोइजन' भएर पाल्पामा १३८ जना विरामी भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहेको भोजमा विषाक्त खाना खाएकाहरूमा २४ घन्टापछि बान्ता हुने, पेट दुख्ने जस्तो लक्षण देखिएर विरामी भएका छन्।प्रभावित क्षेत्रमा हाल प्यूठान र पाल्पाका स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मी खटिएर प्रभावित विरामीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको समेत मन्त्रालयले जनाएको छ। उक्त घटनामा गम्भीर भएका ७ जनाको अस्पतालमा उपचार गरिएको समेत मन्त्रालयले जनाएको छ। यस्तै प्र
अर्घाखाँची । प्युठानमा विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी प्युठान नगरपालिका–६ का एउटै गाउँका ३५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिनुभयो । शुक्रबार पाल्पाको एक बिहेभोजमा सहभागी भएर घर फर्किएका उनीहरु बिरामी परेका हुन । उनीहरुमा ज्वरो, पखाला र वान्ता […]
काठमाडौं । अभिनेता कार्मले सेलिब्रिटीका लागि भव्य बिहेभोज दिएका छन् । पाटन दरबार स्क्वायरको न्याखचोकस्थित नखबहिलमा परम्परागत नेवारी भोजको आयोजना गरिएको थियो । जहाँ नेपाली फिल्म, संगीत, मिडिया र उनका साथीहरु सहभागी रहे । विवाह भएको एक वर्ष बिते पनि कोरोना महामारीका कारण रोकिएको बिहेभोज शनिबार बेलुका आयोजना भएको थियो । फ्रान्सेली प्रेमिका एनी सोफीसँग […]
पर्वत। जलजला गाउँपालिकामा निषेधाज्ञाबीच बिहेभोज चलाएको आरोपमा दुईजना दुलाहा पक्राउ परेका छन्। गाउँपालिकाको माझफाँटमा दुईजनाले भीड गरेर भोज चलाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो। गाउँपालिकामा ७५ जना सक्रिय सङ्क्रमित छन्। जिल्ला प्रशासन कार्यालयले १० जना सहभागी गरेर विवाह गर्न पाउने भनेता पनि उक्त बिहेभोजमा ३०/४० जना भेला भएको जनाइएको छ। (रासस)
गत वर्षको जस्तै यसपालि पनि कोरोना–कहरबीच धेरैको बिहे भयो, गरियो । घरआँगनमा पाल टाँगेर वा पार्टी प्यालेसमा तामझामका साथ बिहेभोज पनि खुवाए । कतिपय जोडी भने कहिले निषेधाज्ञा खुकुलो होला र बिहे गरौंला भनेर कुरिरहेका छन् ।
तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ । शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस […]