बढेको ब्याज : कारण र प्रभाव

असोजका लागि बैंकहरूले ब्याजदर घटाउने अपेक्षा यसपालि लगभग सबै पक्षको थियो– व्यापारीदेखि बचतकर्तासम्म । भदौ महीनामा ‘क’ वर्गको बैंकमा करीब ६३ अर्बको रकम निक्षेप स्वरूप आएको थियो । स्थानीय निकायको उक्त रकम आएपछि, अन्तर बैंक ब्याजदर घट्दो क्रममा देखिन थालिसकेको थियो (२ दशमलव ५ प्रतिशतसम्म), ट्रेजरी बिल्सको दर, ऋणपत्रको दरलाई मात्र हेर्ने हो भने पनि घट्दो क्रममा आउन शुरू भइसकेको थियो । बैंकिङ प्रणालीमा भदौ महीनामा स्थानीय तहको निक्षेप जोड्न पाउने भएपछि स्वाभाविक रूपले अन्तरबैंक कारोबारमा वृद्धि भएर नेपाल राष्ट्र बैंकले प्रदान गर्ने ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधाको प्रयोगसम्म नभएको यस अवस्थामा बैंकहरूले ब्याजदर बढाए ।  नेपाल राष्ट्र बैंककै पछिल्लो तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २/३ प्रतिशतले घटेको देखिएको छ । निक्षेप दिगो भएमा अहिलेको तरलता यदि स्थायी भएमा आगामी दिनमा बैंकहरूले स्वत: आफ्नो ब्याजदर परिवर्तन गर्ने तर्क पेश गर्छन् । यदि कुनै पनि बैंकले ब्याज वृद्धि गर्छ भने स्वाभाविक रूपमा उसको ‘कस्ट अफ फन्ड’ उच्च हुन्छ । यसले गर्दा यस प्रतिस्पर्धात्मक बजारमा ग्राहक भड्किने जोखिम हुन्छ ।  बैंकहरूले ब्याजदर बढाउनुमा तरलता मात्र एक कारकतत्त्व हुँदैन । अनिवार्य नगद अनुपात विगतकै झैं कायम भएको अवस्था र बैंक दर विगतकै झैं रहिआएको अवस्थामा यस वर्षको मौद्रिक नीतिले समेत भूमिका निर्वाह गरेको हुन्छ । अहिले बैंकहरूलाई आफ्नो तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकसमक्ष पुग्नुपर्ने अवस्था छैन । सहजै अन्तरबैंक बजारबाट प्राप्त गर्न सक्छन् । केन्द्रीय बैंकले अनिवार्य नगद अनुपातको दर र बैंक दरमा पुन: विचार नगरेसम्म हालको स्थिति शायद सामान्य नै हो भनी आकलन गर्न सकिन्छ । ब्याजदर वृद्धि हुँदा प्रत्यक्ष प्रभाव बैंकबाट कर्जा उपभोग गरिरहेका ग्राहकले भोग्ने हो । हेर्दा सामान्य लाग्छ, तर ब्याज बढ्दा यसरी सबै पक्ष प्रभावित हुन्छ । एक पटक मूल्य बढेपछि घट्ने सम्भावना कम नै हुन्छ । यसले गर्दा आजको ब्याजदरले समग्र बजारमै एउटा हलचल ल्याउन सक्छ । बैंकको ब्याजदरको प्रत्यक्ष प्रभाव पर्ने भनेको शेयरबजारलाई हो । यहाँबाट ठूलो रकम संकलित हुने र त्यसलाई समेत परिचालन गर्न सक्ने क्षमता रहेको पक्ष शायद विश्लेषण गरिँदैन । ब्याजदरले शेयरमा लगानी गरेर बस्ने जमातलाई निरुत्साहित गरेको स्पष्ट देख्न सकिन्छ । ब्याजदर बढेपछि त्यसले कतै न कतैबाट बजारको मूल्यमा समेत प्रभाव पार्ने गर्छ । मोटरसाइकलको किस्ता रकम वृद्धि हुँदा, पठाओको शुल्क वृद्धि गर्छ, गाडीको किस्ता रकम वृद्धि गर्दा गाडी सुविधाको बढ्छ, कुनै एउटा कलकारखाना बैंकको लगानी हुँदा, ब्याज रकम बढ्दा, उक्त कलकारखानाले बैंकलाई तिर्नुपर्ने रकम नै वृद्धि हुन्छ, फलस्वरूप, त्यहाँ बाट उत्पादन हुने वस्तुको मूल्य वृद्धि गर्नुबाहेकको विकल्प हुँदैन, जसले गर्दा प्रत्यक्ष मारमा सर्वसाधारण नै पर्ने गर्छन् । एकातिर उच्च डलरको मूल्यले आयातित वस्तुको मूल्य बढाइरहेको छ भने अर्कोतर्फ हेर्दा नेपाली बजार आफै महँगो हुँदै गएको छ । यस्तो अवस्थामा अर्थतन्त्र झन् महँगो बनाउन यस निर्णयले सहयोग गरेको देखिन्छ । होला, डलरको मूल्यमा, पेट्रोल डिजेलको मूल्यमा हाम्रो नियन्त्रण छैन तर आन्तरिक ब्याजमा हाम्रो धेरै भूमिका हुन्छ । आज खेलाँचीमा गरिएको निर्णय आगामी दिनमा समेत प्रभाव पार्ने हुन्छ ।  कमजोर बनेको अर्थतन्त्रले गर्दा धेरै व्यापार ठप्प हुँदै गएको देख्न सकिन्छ । तर, विषय तब संवेदनशील हुन्छ जब लगानी गर्ने इच्छा हट्छ । वैदेशिक लगानीको अपेक्षा गरिरहँदा नेपाली लगानीलाई अहिलेको ब्याजदरले निरुत्साहित गरेको देखिन्छ । स्टार्टअपमा लाग्ने लगानी होस् या कुनै व्यवसाय विस्तार गर्न स्रोत जुटाउन चाहिने लगानी – यहाँ सम्भावना न्यून हुँदै गएको स्पष्ट देख्न र भोग्न सकिन्छ । हिजो उद्यमी बन्छु भन्नेहरू आज विदेशतर्फ लम्कने अवस्था छ । उच्च ब्याजदरले प्रत्यक्ष उद्यमशीलतालाई निरुत्साहित गरेर धेरै रोजगारीको अवसरसमेत वञ्चित गर्न थालेको देख्न सकिन्छ । खुला बजार सिद्धान्तलाई आत्मसात् गर्ने हो भने बैंकहरूलाई स्वतन्त्र छोड्नुपर्छ । ब्याजदर बजारको माग र आपूर्तिले नै निर्धारण गर्ने गर्छ । ब्याजदर पनि सोहीअनुरूप नै निर्धारण हुन पुग्छ । बैंकलाई निक्षेप चाहिएको छ भने स्वत: बैंकको ब्याज उच्च हुन्छ । स्प्रेडदर जस्ता तत्त्वहरूले भूमिका खेले पनि अन्तत: सर्वसाधारण बुद्धिमानी नै हुन्छन् र सोहीअनुरूप निर्णय गर्ने हुन्छन् । उच्च ब्याज पाउने ठाउँमा निक्षेप राख्ने र न्यून ब्याज हुने ठाउँबाट कर्जा सुविधा लिन उनीहरू आफै विवेकशील रहन्छन् । यसले गर्दा अन्तत: बैंकको ब्याजदर आफै सतहमा आइहाल्छ । बैंकको ब्याजदरसँग धेरै पक्ष आबद्ध भएकाले यसलाई नियाल्ने दृष्टि धेरैको हुनु स्वाभाविक हो तर ब्याजदर कुनै एक पक्षलाई मात्र आधार मानेर बनाइएको हुँदैन । बैंक, सरकार र केन्द्रीय बैंकबीचको समन्वय महत्त्वपूर्ण पक्ष हो ।  रेग्मी बैंकर हुन् ।

सम्बन्धित सामग्री

चीनको बीआरआईका कारण विश्वभर वातावरणमा नकारात्मक प्रभाव बढ्दो

पछिल्ला केही वर्षयता चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका कारण वातावरणमा परेको नकारात्मक प्रभाव अझ स्पष्ट हुँदै गएको छ । वातावरणीय हिसाबमा संवेदनशील क्षेत्रमा बीआरआईमार्फत् निर्माण अघि बढाइएका रेल तथ सडकजस्ता पूर्वाधार परियोजनाले वन्यजन्तु एवम् वासस्थानको लोप, उच्च प्रदूषणजस्ता चुनौती निम्त्याएको छ भने आदिवासीको जीवनशैलीमा पनि नकारात्मक प्रभाव पारेको छ । खनिज पदार्थ, कृषि […]

भारत र चीनका कारण नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव : अर्थमन्त्री

काठमाडौं : सरकारले छिमेकी मुलुकमा आर्थिक गतिशीलता उल्लेख्य रहेकाले नेपालमा समेत यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। सोमबार आ.व. ०८०/ ०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले  भारत र चीन लगायतका छिमेकी मुलुकको आर्थिक गतिशीलता उल्लेख्य रहेकोले नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा राखेको बताए। साथै उनले केही वस्तुमा लगाइएको बन्देज हटाएपश्चात् ती वस्तुको आयातमा भएको वृद्धि र आर्थिक क्रियाकलाप विस्तारसँगै राजश्व संकलनमा वृद्धि

कपिलवस्तुकाे वनमा क्याङ्करको प्रभाव

सुशील गैरे कपिलवस्तु । मानवीय गल्तीले वनमा हुने डढेलोका कारण क्याङ्कर राेगको प्रभाव देखिएको छ । डढेलो हुर्कंदै गरेका लाथ्रा काट्दा र खुला चरी चरणले क्याङ्कर राेग हुने गरेकाे हाे । वन क्षेत्रमा मानवीय असरका कारण क्याङ्कर राेग हुँदा आर्थिक ह्रास मात्र होइन र वन व्यवस्थापनमा समेत प्रभावित बनेको छ । जसका कारण गाभि कुहिएर […]

पश्चिमी वायुको प्रभाव बढ्ने, यस्तो छ आजको मौसम विश्लेषण

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण चिसो झनै बढेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बुधबार रातीबाट यसको प्रभाव अझ बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु / कुहिरो लागेको छ। आज दिउँसो प्रदेश नं १, वाग्मती…

पश्चिमी न्यून चापीय प्रणालीको कारण शनिबारदेखि तीन दिन मौसममा प्रभाव पर्ने

भोली (शनिबार) बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको  कारण पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ।   उक्त प्रणालीको प्रभावका कारण...

विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव–अध्ययन

काठमाण्डाै - विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाई सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोना भाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परे पनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो । इन्भाइरोमेन्ट रिसर्च लेटर्समा प्रकाशित जर्मनीको लेइप्जीग विश्वविद्यालयको अध्ययनअनुसार वायुमा प्रदूषण घट्नुको साथै तापमान वृद्धिमासमेत सन्तुलन आएको छ । लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोकिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको...

विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव : अध्ययन

विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोनाभाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि

टाउटे आँधीको प्रभाव बिहीबारसम्म

अरब सागरमा विकसित भएको सामुद्रिक टाउटे आँधीको प्रभाव नेपालमा पनि पर्न थालेको छ । सामुद्रिक आँधीका कारण मंगलबार देशभरको मौसम बदली हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात पर्न थालेको र यसको प्रभाव बिहीबारसम्म नै रहने मौसम पूर्वानुमान माहाशाखाले बताएको छ ।सामुन्द्रिक आँधीको प्रभाव बुधबारदेखि अझै बढी पर्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । […]

उद्योग–व्यवसायमा कोरोनाले पारेको प्रभाव

हाम्रा उद्योग–व्यवसायहरू छ–सात महिनाको अन्तरालमा सामान्य अवस्थामा नै फर्कनुलाई अर्थतन्त्रको सबल पक्षका रूपमा लिन सकिन्छ । कोरोनाका कारण बन्द भएका उद्योग–व्यवसायमा १० प्रतिशत सञ्चालनमा आउन सकेनन् भने १३ प्रतिशतले आफ्नो रोजगारी गुमाउनुप-यो, जसका कारण देशको समग्र अर्थव्यवस्थामा यसको प्रतिकूल प्रभाव परेको देखिन्छ । कोभिड–१९ का कारण विश्वभरिका उद्योगधन्दा र व्यवसायमा नराम्रो असर परेको पाइन्छ भने […]