वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कति पुग्यो ?

वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन्। शनिवार वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। सार्वजनिक ब्याजदर अनुसार यी बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ। नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएका छन्। गत महिना अधिकांश बैंकहरुको अधिकतम १०.०५ प्रतिशत रहेको थियो। लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम जोहो गर्न ब्याजदर बढाएका हुन्।  

सम्बन्धित सामग्री

डलरको मूल्य राष्ट्र बैंकले यथावत् राख्दा वाणिज्य बैंकहरूले बढाए, कुनमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)का अनुसार सोमवार पनि डलरको (Dollar) विनिमयदर (Exchange rate) स्थिर छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ६७ पैसा र विक्री दर १३१ रुपैयाँ २७ पैसा छ । अघिल्लो दिन पनि राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ६७ पैसा र विक्री दर १३१ रुपैयाँ २७ पैसा तोकेको थियो । तर १९ औटा वाणिज्य बैंकहरूले अघिल्लो दिनको तुलनामा डलर (Dollar)को विनिमय दर बढाएका छन् भने २ ओटामा स्थिर छ । आज १८ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । त्यसैगरी आज एसबिआइ बैंक र ग्लोबल बैंकमा डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ । त्यस्तै एनएमबि बैंकमा डलरको खरीद दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । कुन बैंकमा कति छ डलरको विनिमय दर ?  क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३०. ८०   १३१.४० २ सनराइज बैंक लिमिटेड  १३०. ८०   १३१.४० ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ८०   १३१.४० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ८०   १३१.४० ५ प्रभु बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ७ एनएमबि बैंक  १३०. २०   १३१.४५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ८०   १३१.४० ९ ग्लोबल आइएमई बैंक  १३०. ६५   १३१.२५ १० सानिमा बैंक लिमिटेड  १३०. ८०   १३१.४० ११ नेपाल बैंक लिमिटेड  १३०. ८०   १३१.४० १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ८०   १३१.४० १३ हिमालयन बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १४ कृषि विकास बैंक लिमिटेड  १३०. ८०   १३१.४० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ६५   १३१.२५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ७०  १३१. ३० १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १८ नबिल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ८०   १३१.४० २० राष्ट्रिय वाणिज्य बैंक  १३०. ८०   १३१.४० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३०. ८०   १३१.४०

वाणिज्य बैंक र बिमा कम्पनीले बढाए नेप्से

सामान्य दरमा वृद्धि भइरहेको नेप्सेलाई आइतबार मध्याह्नपछि उच्च वृद्धि भएको वाणिज्य बैंक, जीवन र निर्जीवन बिमा