नेपाल आउने क्रममा सुनौलीमा ज्यान गुमाएका नेपाली युवकको कोरोना परीक्षण भारतमै हुने भएको छ । सीमा नाका पारिपट्टी सुनौलीमा मृत्यु भएकाले कोरोना परीक्षण भारतमै हुने भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।
नेपाल आउँदै गरेका पश्चिम नवलपरासीका ३५ वर्षिय पुरुषको बुधबार बिहान सुनौलीमा मृत्यु भएको थियो । उहाँको स्वाव परीक्षणका लागि भारतीय पक्षले प्रयोगशाला लगिसकेको र रिपोर्ट आइसकेपछि शव ल्याएर व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।