यही जेठको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ । कोभिड-१९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलकुद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा हुने तय भइसकेको थियो ।तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको स्रोतले बतायो । प्रतियोगिता सर्ने भएसँगै दशैं अगाडि सक्ने गरी नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्ने