धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित

१४ वैशाख, काठमाडौं । आर्थिक वर्ष (आव) २०७९/८० मा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित भएका छन् । नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेका हो । धेरै …

सम्बन्धित सामग्री

इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश

इसेवा मनी ट्रान्सफर दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल वैशाख ३० गते एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी  इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो ।यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुर

आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा पठाउने रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । बैंकिङ पहुँच विस्तारसँगै रेमिट्यान्स कम्पनीबाट हुने नगद कारोबार कम गर्न सीमा घटाइएको हो । राष्ट्र बैंकले बुधवार निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनी, सब–एजेन्ट तथा प्रतिनिधिले आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम २५ हजार रुपैयाँसम्मको सीमा निर्धारण गरेको छ । यसअघि दैनिक १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जाल विस्तारसँगै वित्तीय पहुँच बढेकाले रेमिट्यान्समार्फत नगद पठाउने सीमा घटाइएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । ‘बैंकका शाखा गाउँ गाउँसम्म विस्तार भएको छ,’ पोखरलले भने, ‘रेमिट्यान्समार्फत हुने नगद कारोबार निरुत्साहित गर्न सीमा घटाएका हौं ।’ राष्ट्र बैंकले डलर खाता खोल्ने प्रावधान पनि लचिलो बनाएको छ । नयाँ व्यवस्था अनुसार बैंकहरूले संस्थागत विदेशी निक्षेपकर्ता र गैरआवासीय नेपालीबाट न्यूनतम एक हजार डलर बराबरको निक्षेप संकलन गर्न सक्नेछन् । यसअघि यस्तो सीमा ५ हजार डलर थियो । यसैगरी बैंकहरूले गैरआवासीय नेपालीलाई सरकारले दिएको अद्यावधिक परिचयपत्र वा गैरआवासीय नेपाली संघको परिचयपत्र वा सम्बन्धित व्यक्तिको राहादानीको प्रतिलिपि लिएर खाता खोल्न सकिने व्यवस्था गरेको छ । नाता प्रमाणित हुने कागजपत्रका आधारमा नाबालकको नाममा समेत खाता खोल्न सकिनेछ । यसैगरी राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई सेवाशुल्क र विनिमयदर सम्बन्धी विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्न समेत निर्देशन दिएको छ ।

ईसेवा वालेटमा अब सिधै कतारबाट पैसा पठाउने सकिने

ईसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । अबदेखि कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जमार्फत ईसेवा मनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र ईसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जको कतारमा रहेका २१ शाखामा गई ईसेवा मनी...

निषेधाज्ञामा रेमिट्यान्स कम्पनी खुलै रहने

१५ वैशाख, काठमाडौं । निषेधाज्ञा अवधिमा पनि रेमिट्यान्स कम्पनीहरु खुलै रहने भएका छन् । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ । अत्यावश्यक सेवा भएका कारण बैंक तथा बिमा कम्पनीहरु समेत निषेधाज्ञामा खुला हुनेछन् । बैंक र बिमासँगै रेमिट्यान्स कम्पनीहरुले पनि निषेधाज्ञामा सेवा दिने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । […]

माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच सम्झौता

दुबईमा रहेका नेपालीहरुलाई सहज रुपमा नेपाल पैसा पठाउन माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्ज बीच सम्झौता भएको छ । त्यहाँ रहेका नेपालीहरु माझ बैंकको सेवालाई विस्तार गर्ने उद्देश्यले दुबईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यावसायिक सम्झौता गरेको हो ।सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेशकुमार र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् […]

माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच सम्झौता

माछापुच्छ्रे  बैंक लि.ले दुबई स्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसंग व्यवसायीक सम्झौता गरेको छ ।  उक्त सम्झौतापत्रमा सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंक लि.को  तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।  उक्त सम्झौता पश्चात अव दुबईमा रहेका नेपालीहरुले दुबईस्थित सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिल्यै भुक्तानी लिन सकिने छ ।  ...

इजिलिंक रेमिट्यान्स र नेपाल बैंकबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल राष्ट्र बैंकबाट पहिलो रेमिट्यान्स लाइसेन्स प्राप्त नेपालको पहिलो सेवाप्रदायक रेमिट्यान्स कम्पनी इजिलिंक रेमिट्यान्सबीच रेमिट्यान्स रकम भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।