काठमाडौं । ई–सेवा मनी ट्रान्सफरसँगको साझेदारीमा मनी ग्राम इन्टरनेशनले नेपालमा सिमापार रेमिट्यान्स सेवा विस्तार गर्ने घोषणा गरेको छ । मनी ग्राम इन्टरनेशनल सीमापार पी२पी रकम भुक्तानी र रकम स्थानान्तरणका लागि रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफरसँग साझेदारीको घोषणा गरेको हो । यस साझेदारी मार्फत विश्वभरि रहेका मनी ग्रामका ग्राहकहरुले सिधै आफ्नो परिवारजनको बैंक खाता वा ई–सेवा वालेटमा रकम पठाउन सक्नेछन् । यस साझेदारी पश्चात रकम सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै