इजिलिंक रेमिट्यान्स र नेपाल बैंकबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल राष्ट्र बैंकबाट पहिलो रेमिट्यान्स लाइसेन्स प्राप्त नेपालको पहिलो सेवाप्रदायक रेमिट्यान्स कम्पनी इजिलिंक रेमिट्यान्सबीच रेमिट्यान्स रकम भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

सम्बन्धित सामग्री

महालक्ष्मी र इजिलिंक रेमिट सम्झौता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा दिने उद्देश्यले इजिलिंक रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र इजिलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरे । सम्झौतापछि ग्राहकले विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा विभिन्न स्थानमा रकमान्तरका लागि बैंकका १०३  शाखामार्फत सेवा पाउन सक्ने बैंकले बताएको छ । बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट इजिलिंक रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २६ रेमिट कम्पनीसँग सम्झौता गरी ग्राहकलाई रेमिट सुविधा दिँदै आएको बताएको छ । बैंकले रेमिटबाट आएको रकमलाई थप १ प्रतिशत ब्याज दिने  विशेषतासहितको मुद्दती योजना सञ्चालनमा ल्याएको छ । हाल योजनाअन्तर्गत ११.२५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।