आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा पठाउने रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । बैंकिङ पहुँच विस्तारसँगै रेमिट्यान्स कम्पनीबाट हुने नगद कारोबार कम गर्न सीमा घटाइएको हो । राष्ट्र बैंकले बुधवार निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनी, सब–एजेन्ट तथा प्रतिनिधिले आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम २५ हजार रुपैयाँसम्मको सीमा निर्धारण गरेको छ । यसअघि दैनिक १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जाल विस्तारसँगै वित्तीय पहुँच बढेकाले रेमिट्यान्समार्फत नगद पठाउने सीमा घटाइएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । ‘बैंकका शाखा गाउँ गाउँसम्म विस्तार भएको छ,’ पोखरलले भने, ‘रेमिट्यान्समार्फत हुने नगद कारोबार निरुत्साहित गर्न सीमा घटाएका हौं ।’ राष्ट्र बैंकले डलर खाता खोल्ने प्रावधान पनि लचिलो बनाएको छ । नयाँ व्यवस्था अनुसार बैंकहरूले संस्थागत विदेशी निक्षेपकर्ता र गैरआवासीय नेपालीबाट न्यूनतम एक हजार डलर बराबरको निक्षेप संकलन गर्न सक्नेछन् । यसअघि यस्तो सीमा ५ हजार डलर थियो । यसैगरी बैंकहरूले गैरआवासीय नेपालीलाई सरकारले दिएको अद्यावधिक परिचयपत्र वा गैरआवासीय नेपाली संघको परिचयपत्र वा सम्बन्धित व्यक्तिको राहादानीको प्रतिलिपि लिएर खाता खोल्न सकिने व्यवस्था गरेको छ । नाता प्रमाणित हुने कागजपत्रका आधारमा नाबालकको नाममा समेत खाता खोल्न सकिनेछ । यसैगरी राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई सेवाशुल्क र विनिमयदर सम्बन्धी विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्न समेत निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

आन्तरिक रेमिट्यान्समा राष्ट्र बैंकले किन गर्‍यो कडाइ ?

आन्तरिक रेमिट्यान्समा कडाइ गर्नुका मुख्य तीन कारण छन्– मूल उदेश्य, बैंकिङ कारोबार र हुन्डी नियन्त्रण ।

रेमिट्यान्स आप्रवाहमा कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स आप्रवाहमा कडाइ गरेको छ । देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइने ब्यवस्था गरिएको हो । यसअघि, यो सीमा १ लाख रुपैयाँ थियो । राष्ट्र बैंकले बिप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेन्ट वा सव– रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति […]

आन्तरिक रेमिट्यान्सको सीमा घटाइयो

मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब–एजेन्टमार्फत गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरणको सीमा घटाइएको छ । अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने भएका छन् । यो व्यवस्था बैंकिङ प्रणालीमार्फत हुने रकम स्थानान्तरणका लागि भने होइन । यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो । तर, विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (बेनीफिसियरी) लाई पठाएको रेमिट्यान्स रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत् राखिएको छ ।

आन्तरिक रेमिट्यान्स दैनिक २५ हजार मात्र

अब मुलुकभित्रै आन्तरिक रूपमा पठाइने रेमिट्यान्सको सीमा २५ हजार रुपैयाँमा सीमित भएको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै रेमिट कम्पनीका एजेन्ट तथा सबएजेन्टमार्फत पठाइने रेमिटको सीमा घटाएको हो । यसअघि...

घट्यो आन्तरिक रेमिट्यान्सको सीमा, एकदिनमा २५ हजारमात्रै पठाउन सकिने

१८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । राष्ट्र बैंकले प्रतिदिन एक जना व्यक्तिले २५ हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था गरेको हो । यसअघि नेपालभर १ लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था थियो । यो व्यवस्था बुधबारदेखि नै कार्यान्वयनका लागि रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

मुलुकमा एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उक्त कम्पनीका सव एजेन्टहरुले आन्तरिक रेमिट्यान्स स्थानान्तरणको सीमा घटेको छ । अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । यो व्यवस्था बैंकिङ प्रणालीमार्फत हुने रकम स्थानान्तरणका लागि भने होइन । यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो ।

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

मुलुकमा एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उक्त कम्पनीका सव एजेन्टहरुले आन्तरिक रेमिट्यान्स स्थानान्तरणको सीमा घटेको छ । अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । यो व्यवस्था बैंकिङ प्रणालीमार्फत हुने रकम स्थानान्तरणका लागि भने होइन । यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो ।

आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने सीमा घट्यो, अब २५ हजारमात्र पठाउन पाईने

स्वदेशमा रकम स्थानान्तरण अर्थात् डोमेस्टिक रेमिट्यान्स पठाउन मिल्ने सीमा घटेको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम सीमा घटाएको हो । विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम रू.१,००,०००/- (अक्षरेपी एकलाख) सम्मको कारोबार गर्न सकिने व्यवस्था रहेकोमा उक्त सीमालाई मिति २०७८/११/१८ देखि लागु हुने गरी रु.२५,०००/- (अक्षरेपी पच्चीस हजार) सम्म मात्र गर्न सकिने गरी संशोधन गरेको हो । तर विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने पूर्ववत रुपमा यथावत नै रहेको छ ।