विकास नचाहनेहरुले अविश्वासको प्रस्ताव ल्याए : मुख्यमन्त्री पौडेल

१६ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु जनमतको दुरुपयोग भएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रचण्ड–माधव समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । बिहीबार …

सम्बन्धित सामग्री

संकटमा मुख्यमन्त्री पौडेल, अध्यादेशमार्फत बजेट ल्याउने तयारी

‘बजेट रोक्न माधव–झलनाथ पक्षका सांसदले विपक्षी दललाई समर्थन गर्न सक्ने डर छ । हिजो अविश्वासको प्रस्ताव ल्याउनेदेखि हरेक विषयमा मुख्यमन्त्रीमाथि असहयोग हुँदै आएकाले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा पनि सहयोग हुनेमा शंका छ ,’ पौडेलनिकट एक सांसदले भने ।

बागमती प्रदेशको प्रदेशसभा बैठक आगामी माघ ७ मा

बागमती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते बस्ने भएको छ । बागमती प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौँ अधिवेशन आगामी माघ ७ गतेका लागि बोलाउने निर्णय गरेको हो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक आव्हान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रदेश सभामा लैजान स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश भ्रमण खर्च नियमावली २०७७ स्वीकृति र चितवनको राप्ती नगरपालिकामा रहेको जग्गा नगरपालिकालाई उपयोगका लागि दिने निर्णय गरेको मन्त्री फुयालले बताउनुभयो । मन्त्रिपरिषद्को सिफारिश प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आव्हान र अन्त्य गर्ने व्यवस्था संविधानमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता तथा मुख्यमन्त्रीबिरुद्ध आफ्नै दलका प्रदेश सभाका सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश सभाको अधिवेशन आव्हान गरिएको छ । नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर ४५ जना प्रदेश सभाका सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्ध हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छ । मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र भौतिक पूर्वाधार विकास मन्त्री फुयालको उपस्थिति रहेको थियो ।