बागमती प्रदेशको प्रदेशसभा बैठक आगामी माघ ७ मा

बागमती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते बस्ने भएको छ । बागमती प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौँ अधिवेशन आगामी माघ ७ गतेका लागि बोलाउने निर्णय गरेको हो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक आव्हान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रदेश सभामा लैजान स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश भ्रमण खर्च नियमावली २०७७ स्वीकृति र चितवनको राप्ती नगरपालिकामा रहेको जग्गा नगरपालिकालाई उपयोगका लागि दिने निर्णय गरेको मन्त्री फुयालले बताउनुभयो । मन्त्रिपरिषद्को सिफारिश प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आव्हान र अन्त्य गर्ने व्यवस्था संविधानमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता तथा मुख्यमन्त्रीबिरुद्ध आफ्नै दलका प्रदेश सभाका सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश सभाको अधिवेशन आव्हान गरिएको छ । नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर ४५ जना प्रदेश सभाका सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्ध हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छ । मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र भौतिक पूर्वाधार विकास मन्त्री फुयालको उपस्थिति रहेको थियो ।

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक मंगलबार मध्यरातदेखि अन्त्य

बागमती प्रदेशसभा बैठक मंगलबार मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार, प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक मंगलबार मध्यराति १२ बजेदेखि अन्त्य गर्नुभएको हो । मन्त्रिपरिषद्बाट मंगलबार पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको …

बागमती प्रदेशसभा बैठक पुस १८ गते बस्ने

काठमाडौं, १४ पुष । बागमती प्रदेशसभा बैठक पुस १८ गते बस्ने भएको छ । गत मंसिर ४  गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको हो । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका […]

बागमती प्रदेश सरकारले ल्यायो कर्मचारीसम्बन्धी दुई अध्यादेश

बागमती प्रदेश सरकारले दुई वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्रदेशसभा बैठक नरहेको कारण देखाउँदै प्रदेश सरकारले तत्काल कर्मचारीसँग सम्बन्धित दुई वटा कानुन अध्यादेशमार्फत ल्याउने निर्णय गरेको हो ।प्रदेश निजामती कर्मचारी व्यवस्थापन अध्यादेश र स्थानीय तह कर्मचारी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषदबाट दुई वटा अध्यादेश जारी

एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना माग सम्बोधन नभए सम्म बैठक चल्न नदिने बताए । त्यससँगै सभामुखले भोलिसम्मका लागि बैठक स्थगित गरेका हुन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरूलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिक

बागमती प्रदेशसभा बैठक सुरु, सरकारकोे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

बागमती प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शार्मले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको बताइएको छ ।

बागमती प्रदेशसभा बैठक आह्वान

काठमाडौँ,६ जेठ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको हो । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोहीअनुसार प्रदेश प्रमुख शर्माले […]

बागमती प्रदेश : हट्ला त प्रदेशसभाको अवरोध ?

बागमती प्रदेशसभा बैठक फागुन १६ गतेका लागि आह्वान गरिएको छ । सत्तापक्ष र प्रतिपक्ष बीचको सहमतिपछि १६ गतेका लागि बैठक राखिएको हो । प्रदेशसभाको चालू अधिवेशनको नवौं बैठक फागुन १६ गते दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।प्रमुख प्रतिपक्षी एमालेको लगातारको अवरोधका कारण प्रदेशसभा बैठक पुस ८ यता बस्न सकेको थिएन । प्रदेशसभा बैठक सञ्चालनका लागि सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा सर्वदलीय बैठक बसेर सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको थियो ।गत बुधबार सभामुख श्रेष्ठले हेटौंडामा आह

विपक्षी एमालेले गर्‍यो बागमती प्रदेशसभा बैठक अवरुद्ध

बागमती प्रदेश सरकारले संघीयता नै धरापमा पार्ने काम गरेको आरोप लगाउँदै नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

बागमती प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दैछ । बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८ / ०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि आह्वान गरिएको हो । यसअघि […]

बागमती प्रदेश : बजेट पारित गर्न सरकारलाई सकस

बागमती प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट पारित गर्न सकस भएको छ । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटका केही विषयमाथि सत्तारुढ दलकै केही सांसद र विपक्षी दलहरुले आपत्ति जनाउँदै आएका छन् ।विपक्षी दलहरुले बजेट सच्याउन माग गर्दै प्रदेशसभा बैठक लगातार अवरुद्ध गर्दै आएका कारण प्रदेश सरकारलाई बजेट पारित गर्न चुनौती थपिएको हो । यथास्थितिमा प्रदेशसभा बैठक सञ्चालन हुन नसक्ने विपक्षीहरूको भनाइ छ ।बहुमतको दम्भ देखाएर एउटा गुटका मन्त्री, नेता तथा कार्यकर्ता केन्द्रित भएर बजेट ल्याइएको स