शिव चौलागाईंमकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सार्वजनिक कार्यक्रममा बोल्छन्, ‘प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव डटेर सामना गरिन्छ।’जीवनमा आफू कहिल्यै पनि असफल नभएकाले यो प्रस्ताव पनि असफल हुनेमा निर्धक्क रहेको बताउने गरेका मुख्यमन्त्री पौडेल प्रदेश सभामा अविश्वास प्रस्ताव सामना गर्न भने तयार नरहेको देखिएको छ। पुष १० गते दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गराउन तोकिएको प्रदेशसभाको बैठक मुख्यमन्त्री पौडेलकै दबाबका कारण पटक-पटक स्थगित हुँदै आए