वातावरण प्रदूषण र बढ्दो स्वास्थ्य समस्या

फराह नुरफिनलाई धेरै चिकित्सकले उनको स्वास्थ्य अवस्थाका कारण घरेलु सहर छाड्न सल्लाह दिएका छन्। अस्थामाकी रोगी उनी सधैँ मास्क लगाउँछिन्। तर, त्यहाँको प्रदूषित वातावरण उनका लागि अनुकूल बनेको छैन। जाकर्ता सहर प्रदूषित सहरको सूचीमा लामो समयदेखि पहिलो नम्बरमा रहेको छ। राष्ट्रपति जोको विडोडोले सबै राष्ट्रसेवक कर्मचारीले घरबाट काम गर्न सर्कुलर जारी गरिसकेका छन्। गत साता […]

सम्बन्धित सामग्री

स्तन क्यान्सर के हो ? कुन उमेर समूहका मानिसमा बढी देखिन्छ ?

काठमाडौँ- स्वास्थ्य रहने सबै मानिसको चाहना हुन्छ । मानिसले स्वस्थ रहनका लागि विभिन्न प्रयास गरिरहन्छन् । मानिसले रोग लाग्न नदिन आफूलाई सुरुमा सचेत राख्नुपर्छ । कतिपय अवस्थामा मानिसले आफूलाई रोगबाट टाढा राख्न खोजे पनि रोग लागेर छोड्ने गर्छ । पछिल्लो समय वातावरण प्रदूषण र अव्यवस्थित खानपानका कारण प्राणघातक रोग लाग्ने गरेको छ । ...

हेल्थ टिप्स- हरेक ज्येष्ठ नागरिकको स्वास्थ्य अधिकारमा सुनिश्चितता

मानवजीवनको अमूल्य सम्पत्ति भन्नु नै स्वास्थ्य हो । स्वस्थ शरीरले सक्रिय जीवनयापन गर्न महत्वपूर्ण भूमिका खेल्छ । पछिल्लो समययता खानपान, वातावरण प्रदूषण, जलवायु परिवर्तन, बढ्दो शहरीकरण, व्यस्त जीवनशैली साथै अन्य कारणले जनस्वास्थ्यमा नकारात्मक असर परेको छ । जसका कारण विश्वव्यापीरुपमा स्वास्थ्य अधिकारका विषयमा थुप्रै प्रयासहरु भइरहेका छन् । मानवजीवनमा प्राप्त गर्ने थुप्रै जन्मसिद्ध अधिकारहरुमा स्वास्थ्य […]

विपद् व्यवस्थापनमा स्थानीय सरकार

विशिष्ट भौगोलिक बनोट, भौगर्भिक गतिशीलता, प्राकृतिक एवं मानवीय क्रियाकलापबाट सृजित अवस्था तथा जलवायु परिवर्तनबाट परेको प्रतिकूल प्रभावका कारण नेपालमा बाढीपहिरो, महामारी, आगलागी, शीतलहर र हिमताल विस्फोट, हिमपहिरो तथा भूकम्पको जोखिम रहेको छ । विगतमा विपद् जोखिम व्यवस्थापनको सवालमा पूर्वतयारी ता जोखिम न्यूनीकरण कार्यलाई विशेष महत्त्व नदिइँदा धनजनको ठूलो नोक्सान हुने गरेको छ । नेपालको राजधानी काठमाडौं उपत्यका साथै तराईका क्षेत्र तथा पहाडी भू–भागहरू प्राकृतिक प्रकोपको व्यवस्थापनका दृष्टिले अति संवेदनशील क्षेत्र मानिन्छन् । शीतलहर, आगलागी, बाढीपहिरो जानुजस्ता समस्याका कारण जोखिम बढ्दै गएको पाइन्छ । अव्यवस्थित शहरीकरणसँगै भूकम्पीय दृष्टिले नगरक्षेत्रका भवन तथा भौतिक संरचनाहरू पनि जोखिमको अवस्थामा छन् । सम्भाव्य सबै प्रकारका विपद्हरूको पूर्वसूचना उपलब्ध गराई विपद्बाट बचाउन सकिन्छ र पूर्वतयारी पनि गर्न सकिन्छ । विपद् व्यवस्थापनको पूर्वतयारी नहुँदा यस्ता विपद्हरूलाई व्यवस्थापन गर्न कठिनाइ हुन्छ र लामो समय लाग्छ । नेपाल विश्वमा विपद्् जोखिमको नक्सांकनमा बीसौं स्थानमा रहेको छ । बाढीपहिरोजस्ता जलजन्य प्रकोपको जोखिमको दृष्टिकोणबाट तीसौं स्थानमा छ । नेपालको सम्पूर्ण भूभाग भूकम्प जाने सम्भावित क्षेत्रभित्र पर्छ भने मध्य भूभाग अति जोखिम क्षेत्रभित्र पर्छ । तर, यस्ता विपद्सँग जुध्न सक्ने क्षमताको विकास र पूर्वतयारीजस्ता काम हुन सकेको छैन । विपद्का प्रतिकार्य तथा पूर्वतयारी योजना निर्माणमा सबै स्थानीय निकाय, सरोकारवाला तथा साझेदार संस्थाको दायित्व रहन्छ । सबै निकायमा रहेको विपद् व्यवस्थापन समितिले प्रभावित क्षेत्रमा योजना तयार गरी कार्यान्वयन गरी उद्धार र राहतको व्यवस्था मिलाउनु अति आवश्यक छ । विपद्को समयमा प्रभावित तथा पीडित समुदायलाई उपलब्ध गराउन मानवीय सहयोगका विभिन्न क्षेत्र हुन्छन् । पीडितहरूलाई जीवनयापनका आधारभूत आवश्यकताका पूर्ति गर्न, खाद्यान्न, आवास, खानेपानी, सरसफाइ तथा स्वास्थ्य प्रवर्द्धन, सुरक्षाजस्ता विषयमा विशेषज्ञता प्राप्त गरेका समूहहरूले जिम्मेवारी लिँदा मानवीय सहयोगका कार्य व्यवस्थित हुन्छ । विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाहरू, आसपासका गाउँपालिका, नगरपालिका र जिल्लामा कार्यरत अन्य संघसंस्थाका उपस्थितिले विपद् व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् । एम्बलेन्स, यातायातका साधन, खानेपानी व्यवस्थापन, पर्याप्त मात्रामा स्वास्थ्यकर्मी, तालीमप्राप्त स्वयंसेवक, खाद्यान्न आदि जस्ता स्रोतहरूको पहिचान र सूचीकरण गरी ती वस्तु तथा सेवाहरूका सम्बन्धमा नगरपालिका/गाउँपालिकाभित्र आवश्यक क्षमता विश्लेषण गरी विपद् व्यवस्थापन गर्नुपर्छ । स्थानीय स्तरमा विपद् व्यवस्थापनको कार्य सञ्चालनको नेतृत्वदायी जिम्मेवारी स्थानीय स्तरमा नगरपालिका/गाउँपालिकामा रहेको हुन्छ । यसले गाउँ तथा नगरभित्र सम्पूर्ण विपद् प्रतिकार्य योजना सञ्चालन गर्छ । विपद् व्यवस्थापनलाई सहज बनाउन नेपाल सरकारले केन्द्र र प्रदेश तहमा कार्य गर्ने गरी राहत सहयोग गरेको पाइन्छ । तर, यो प्रभावकारी हुन सकेको छैन । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रसका आआफ्नै दिग्दर्शन र कार्ययोजनाहरू अनुसार विपद् व्यवस्थापनमा खटिन्छन् । तर, तीनको संयोजन र उचित किसिमको समन्वय नहुँदा प्रभावकारिता कम देखिएको छ । विकासको नाममा नदी सार्वजनिक जग्गा, बाटो, पाटीपौवा, ढल, कुवा आदि अतिक्रमण भएका छन् । सडक निर्माणका लागि जथाभावी डोजर प्रयोग भएको छ । भवन आचारसंहिताको पालना नगरी घर बनेका छन्, जथाभावी सडक खनेर वातावरण बिगारेको स्थिति छ । खानी तथा बालुवा र गिटीको उत्खननमा मापदण्डको पालना भएको छैन । उद्योगहरूले वातावरण प्रदूषण कम गर्न तयार पारिएको मापदण्ड पालना गरेका छैनन् । समग्रमा वातावरण मैत्री विकास भइरहेको छैन । यसले प्राकृतिक प्रकोपलाई निम्त्याएको छ । यही कारण क्षति बढी हुने गरेको छ । प्रकोपको समस्या समाधान गर्न स्थानीय निकायले आफ्नो क्षेत्रमा वन जंगलको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । व्यवस्थित रूपले नदीबाट उचित मात्रामा गिट्टीबालुवा निकाल्ने व्यवस्था मिलाउनुपर्छ । कृषि र वनका संयुक्त परियोजना सञ्चालन गर्दै बढी से बढी वृक्षरोपण तथा संरक्षणको कार्य गर्नुपर्छ । खोला नाला नियन्त्रण गर्ने तथा उचित स्थानमा बस्ती बसाउने कार्यलाई प्राथमिकता दिइनुपर्छ । त्यस्तै विकास निर्माणका योजना वातावरणमैत्री बनाउनुपर्छ । विपद््को प्रभाव न्यून गर्न विपद््का लागि पूर्वतयारी गर्नुपर्छ । यसका लागि स्थानीय समुदायलाई नै प्रकोप वहन गर्न सक्षम बनाउनुपर्छ । त्यस्तै हरेक वडामा विपद् व्यवस्थापन योजना बनाउन आवश्यक देखिन्छ । अति आवश्यक सेवालाई चुस्त बनाउँदै विपद्का बारेमा शिक्षा दिने र लिने, क्षमता वृद्धि गर्ने, स्रोतसाधन परिचालन गर्नेजस्ता कुरामा ध्यान पुर्‍याई विपद्् व्यवस्थापनका कार्य व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्छ । स्थानीय निकायले प्रकोप आउनुअघिको अवस्था, प्रकोपको अवस्था र त्यसपछि पुनः स्थापनाको कार्यलाई व्यवस्थित रूपले सञ्चालन गर्नुपर्छ । जलवायु परिवर्तनका कारण चरम जलवायु घटना भइरहेका छन् । बेमौसमी मनसुनी वर्षाको ढाँचा परिवर्तन भई मनसुन समाप्त हुन ढिलो हुँदा सक्रिय मनसुनको अवधि लम्बिन गएको छ । उच्च तीव्रतर चरम वर्षाको क्षेत्रीय प्रवृत्ति वार्षिक वा मनसुनी वर्षाको प्रवृत्तिभन्दा धेरै फरक हुन्छ । तराई र चुरेक्षेत्र जहाँ अपेक्षाकृत वार्षिक वर्षा र पानी पर्ने दिन कम हुन्छ, उच्च तीव्रतर चरम वर्षाको चपेटामा नेपालका धेरै ठाउँ परेका छन् । सबैभन्दा जोखिम समूहमा कम आय भएका र गरीब परिवारहरू, सीमान्तकृत र बहिष्कृत समुदाय, महिला, बालबालिका, वृद्ध र अपाङ्ग व्यक्ति पर्छन् । विपद्् जोखिम सामाजिक, आर्थिक र राजनीतिक ढाँचा र उनीहरू बीचको अन्तरसम्बन्धमा निर्भर गर्छ । विपद्का आयामहरू गतिशील छन् । विपद्मा प्रत्यक्ष रूपमा देखापर्ने अवस्थाको विश्लेषण गरी व्यवस्थापनका कार्य गरिनुपर्छ । संघ, प्रदेश र स्थानीय तहले विपद् जोखिम न्यूनीकरण गर्ने प्रयास हुनुपर्छ । यसको मुख्य जिम्मेवार स्थानीय सरकारको हुन्छ । लेखक गुणस्तरीय जीवनमा विद्यावारिधि हुन् ।

धुलिखेल नगर ‘खाद्य हरियाली सहर’

सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने भएको छ। यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र धुलिखेल नगरपालिकाबिच कार्यक्रम सञ्चालनका ल...

‘खाद्य हरियाली शहर’ बन्दै धुलिखेल

शहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली शहर’ कार्यक्रम थालिने भएको छ ।यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ ।उक्त कार्यक्रमका लागि नगर प्रमुख अशोककुमार ब्याञ्जू र नाष्टका उपकुलपति डा। सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । ‘यो कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगो रुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा र सुन्दर हुनेछ,’ मेयर ब्याञ्जूले भने ।वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रुपमा खाद्य हरियाली शहर बनाउन नगरसँग सम्झौता गरिएको उपकुलपति श्रेष्ठले बताए । ‘यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिनेछ,’ उनले भने । उनका अनुसार यस कार्यक्रममा जडिबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धान समेत समावेश गरिनेछ ।सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरण लगायतका काम हुने ब्याञ्जूले जानकारी दिए ।धुलिखेल नगर हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ शहरमध्ये पाँचांै नम्बर र एसियाको पहिलो शहरका रुपमा घोषणा भएको छ । जसले स्वस्थ शहर धुलिखेल बन्ने एउटा प्रमुख आधार तय गरेको बताइन्छ । आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ अघि यो सूची सार्वजनिक गरिएको हो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जल समेत सूचीकृत छन् ।

डढेलो प्रभावित अमेरिकी राज्यमा स्वास्थ्य समस्या बढ्दै

अमेरिकामा डढेलो प्रभावित क्षेत्रमा बसोबास गर्दै मानिसहरुमा स्वास्थ्य समस्या देखिन सुरु भएको एपीले जनाएको छ। विभिन्न राज्यहरुमा लागेको डढेलोका कारण वातावरण प्रदूषण भएको र पानीको स्रोत समेत प्रभावित भएका छन्। लाखौं हेक्टर जमिन डढेलोका कारण नष्ट भएका छन्। हजारौं मानिसको डढेलोका कारण मृत्यु हुँदा लाखौं संख्यामा जंगली जनावर मारिएका

सरसफाइ कर्मचारीमा कोरोना जाेखिम बढी छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : फोहोर संकलन गर्ने र सरसफाइ कर्मचारीहरु कोरोना उच्च जोखिममा रहेको सरकारले बताएको छ। क्वारेन्टाइनमा बसेका मानिसले गरेको फोहोरलाई उचित व्यवस्थापन गर्न नसक्दा वातावरण प्रदूषण भइरहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सम्मेलनमा प्रवक्ता प्रा डा. जागेश्वर गौतमले बताए। उनले भने,' फोहोरको उचि...

प्रदूषणबाट आक्रान्त छन् उपत्यकाका बालबालिका

काठमाडौँ, भदौ २६ गते । काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण बढेका कारण बालबालिकामा थरिथरिका स्वास्थ्य समस्या देखापरेका छन् भने कतिपय...