नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न नपाएका १० जनालाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायणबहादुर खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
रामचन्द्र पौडेल महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेका थिएनन् भने ...