स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवालाई सबै स्थानमा निःशुल्क उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिक उत्सव कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले समस्या भएका स्थानमा समाधान गर्दै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था नरहने बताउनुभयो।