आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन्छौँ : स्वास्थ्य मन्त्री खापुङ

चितवन – स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको दाबी गर्नुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३ औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आज सोमवार आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने बताउनुभयो । सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकालाई एक लाख रुपैयाँका दरले वितरण गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो...

सम्बन्धित सामग्री

गण्डकी प्रदेश स्वास्थ्य नीति : नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क

मंसिर ९, कास्की । गण्डकी प्रदेश सरकारले आम नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य नीति बनाएको छ । मन्त्रिपरिषदको बैठकले ‘गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८’ जारी गर्दै प्रदेशका आम नागरिकलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएको हो । प्रदेशका प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य नीतिमा ‘एक स्वास्थ्यसंस्थामा एक चिकित्सक र एक स्वास्थ्यकर्मी’को नीति अबलम्वन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले बताइन् ।  राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा शहिद तथा बेपत्ता, घाइते अपांगता भएका व्याक्ति र परिवारको स्वास्थ्यको सुनिश्चितता सहित प्रदेश मातहतका अस्पताल मार्फत निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य नीतिमा समेटिएको उनको भनाइ छ । मन्त्री अधिकारीका अनुसार नागरीकको मौलिक हकका रुपमा कानूनमै आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता उल्लेख गरिएकाले यसलाइ कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको भएकाले नयाँ नीति मार्फत अगाडी बढाइएको हो । संघियताको मर्म बमोजिम संघ र स्थानिय तहसँग सहकार्य गर्दे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा आमनागरीककोे पहुँच सुनिश्चित गर्ने कार्यको आरम्भ प्रदेश स्वास्थ्य नीतिबाट हुनेछ । स्वास्थ्य नीतिमा बीमा लागू भएका अस्पतालहरुमा सार्वजनिक सुनुवाइ कार्यक्रम लागू गरी स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन संयन्त्र निर्माण गरी थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ । प्रदेशभित्र पाइने विभिन्न जडिबुटीलाई उत्पादन गर्न प्रोत्साहन गर्ने समेत स्वास्थ्य नीतिमा उल्लेख गरिएको छ ।  प्रदेशमा विशेषज्ञ र विशिष्टिकृत (मुटु, मृगौला, कलेजो, क्यान्सर, मानसिक रोग) स्वास्थ्य सेवाको विस्तार गरी गुणस्तरीय सेवामा सबैको पहुँच वृद्धि गर्दै लगिने समेत उल्लेख छ ।  त्यसैगरी मुख, नाक, कान, घाँटी र आँखा सम्बन्धी स्वास्थ्य सेवालाई वर्तमान स्वास्थ्य सेवा प्रणालीमा एकीकृत गरी सञ्चालन गर्ने योजना रहेको छ ।  व्याक्तिको आयआर्जनका लागि पनि जडिबुटी उत्पादन तथा प्रशोधनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्री अधिकारीले बताइन् ।  त्यसैगरी, प्रदेशलाई चाहिने स्वास्थ्यकर्मी र विशिष्ट दक्ष जनशक्तिका लागि छात्रवृत्तिको व्यवस्था मिलाईने कुरा नीतिमा उल्लेख छ । गण्डकी प्रदेश पर्यटकहरुको प्रमुख स्थल भएकाले अन्तरराष्ट्रिय पर्यटकीय चिकित्सा केन्द्रको रुपमा विकास गर्दे पर्यटकमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना समेत अगाडी बढाइएको छ ।  त्यसैगरी, किशोरीका लागि आइरन लगायतका आवस्यक औषधिहरु उपलब्ध गराउने लगायतका विषय पनि नीतिमा समावेश गरिएको छ । त्यसैगरी, प्रदेश सरकारले एक पालिका एक ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ ।