काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने घोषणा गरेको छ । जसपाले यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्य बीमाको माध्यमबाट जनतालाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने जनाएको हो । जसपाले मुलुकको सङ्घीय ढाँचाअनुरूप स्वास्थ्य नीति तर्जुमा गरी स्वस्थ जनता परिवर्तनका संवाहक […]