पाकिस्तानले आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ५ विकेटले पराजित गरेको छ । पाकिस्तानले बुधबार १ सय ९८ रनको लक्ष्य ४७.४ ओभरमा पूरा गर्दै लगातार दोस्रो जित हात पार्यो । लगातार दोस्रो हार भोगे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अझै सकिएको छैन ।