आईसीसी यू-१९ विश्वकप छनोट : नेपाल र कतार भिड्दै

काठमाडौँ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट आज शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ । छनोटको पहिलो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा हुनेछ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान […]