विराटनगर राजनीति र उद्योग अर्थात अर्थतन्त्रका हिसाबले पनि चर्चित महानगर हो । प्रदेश-१ को अस्थायी राजधानीसमेत रहेको विराटनगरमा आफ्नो जित निकाल्न दल र उम्मेदवार चुनावी मैदानमा छन् । मेयरमा १३ जनाको उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा एमाले र सत्ता गठबन्धनबीच हुने देखिएको छ ।
तर, गठबन्धनमा बागी उम्मेदवारी परेपछि गठबन्धनका उम्मेदवार नागेश कोइराला थप दबाबमा पर्नुभएको छ । मेयरमा मात्र नभएर उपमेयरमा समेत माओवादीको बागी उम्मेदवारी परेका कारण पनि गठबन्धनमा चिन्ता थपिएको हो । हिजो बुधवार मात्रै कांग्रेसले विराटनगरमा प्रदे...