स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्दै शेरबहादुर तामाङले भने– महामारी नियन्त्रण नै प्राथमिकता, किनेरै भएपनि सबै नेपालीलाई खोप

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना महामारी नियन्त्रण गर्नु नै आफ्नो प्राथमिकता हुने बताएका छन् । कोरोनाको महामारीलाई ध्यानमा राखेर प्रधानमन्त्रीले आफूलाई जिम्मेवारी दिएकोले विश्वास पूरा गरेरै छाड्ने बताए । राष्ट्रपति कार्यालयमा मन्त्री पदको शपथ लगत्तै शुक्रवार राति स्वास्थ्य मन्त्रालयमा पदभार सम्हाल्दै तामाङले कोरोना महामारी नियन्त्रण नै अहिलेको प्राथमिकता भएको बताएका हुन् । उनले स्वास्थ्य मन्त्रालयका हरेक काम पारदर्शी ढंगले पूरा गर्ने बताए । ‘कोरोनाको महामारीलाई ध्यानमा राखेर प्रधानमन्त्रीज्यूले यो...

सम्बन्धित सामग्री

सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको सोमबारदेखि शुरु भएको ७४औँ बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उनले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग […]

सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण : प्रधानमन्त्री देउवा

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि यहाँ शुरु भएको ७४औँ बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उनले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताए।

सबैको पहलमा मात्रै महामारी नियन्त्रण हुन्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको पहलबाट मात्रै कोरोना महामारी चाँडो नियन्त्रण हुने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयले शुरु गरेको मास्क अभियानको सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री देउवाले कोरोना सङ्क्रमण रोक्नका लागि अत्यावश्यक नपरी घरबाहिर ननिस्कने, राम्रोसँग मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बारम्बार साबुन पानीले हात धुने लगायतका स्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्नुभयो । नेपालमा पनि कोरोना महामारीको तेस्रो लहर चाँडै आउने संकेत देखिएको भन्दै उहाँले राजनीतिक दल, नागरिक, सामाजिक संघसंस्...

स्वयंसेवकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

महामारी नियन्त्रण, रोकथाम, उपचार र शव व्यवस्थापनमा सहयोग गर्दै आएका नेपाली कांग्रेस निकटका तरुणदल, महिला संघ, नेविसंघलगायतका भ्रातृसंस्थाका स्वयंसेवकलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो।...

संसारले चाहे मात्र कोरोना महामारी नियन्त्रण हुन्छः डब्लुएचओ

एजेन्सी। संसारले चाहे मात्र कोरोना महामारी नियन्त्रण हुने विश्व स्वास्थ्य संगठन (एब्लुएचओ)ले दावी गरेको छ। डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोमका अनुसार विश्वमा कोरोना महामारी नियन्त्रणका लागि सबै आवश्यक प्रविधि भएर पनि त्यसको भरपूर प्रयोग हुन सकेको छैन। डब्लुएचओका अनुसार बितेको चार हप्तामा विश्वभर कोरोना संक्रमणमा ८०प्रतिशतले वृद्धि आएको छ। सो अवधिमा सबैभन्दा बढी अफ्रिकी मुलुकका ८० प्रतिशत संक्रमितले ज्यान गुमाएका छन्।

‘महामारी नियन्त्रण गर्न छुट्टै स्वायत्त निकाय आवश्यक’

विज्ञहरूले महामारी नियन्त्रणका लागि अन्य देशमा जस्तै नेपालमा पनि एउटा छुट्टै स्वायत्त निकाय गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरूले समय समयमा आउने महामारी र स्वास्थ्यजन्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयभन्दा भिन्न स्वायत्त निकाय बनाउनु पर्ने सुझाव दिएका हुन् । छाती रोग विशेषज्ञ डाक्टर अर्जुन कार्कीले […]

आज प्रदेशको बजेट सार्वजनिक हुँदै, प्राथमिकतामा स्वास्थ्य क्षेत्र

सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, संक्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। देशका अधिकांश क्षेत्र महामारीको चपेटामा परेकाले बजेटको प्राथमिकता सोहीअनुसार हुनेछ।

स्वास्थ्य संकटकाल घोषणा गरेर अतिरिक्त बजेट दिन नगरपालिका संघको माग

२९ वैशाख, काठमाडौं । नेपाल नगरपालिका संघले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षणपत्र लेख्दै संघले फैलँदो महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भन्दै यस्तो माग गरेको हो । हाल माहामारीको अवस्था हेरी सम्पूर्ण स्थानीय सरकारहरुमा स्वास्थ्य संकटकाल घोषणा गरि स्वास्थ्य सेवालाई प्रथम प्राथमिकतामा राख्ने […]