विदेशमा रहेका २२ लाख श्रमिकलाई आवद्ध गराउने लक्ष्य

सरकारले वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गर्ने योजनाको शुरुवात गरेको छ । औपचारिक क्षेत्रका श्रमिक मात्र समावेश हुँदै आएकोमा बुधबारबाट वैदेशिक रोजगारीमा रहेका २२ लाखसहित विदेश रहेका ४० लाख नेपालीलाई योजनामा आवद्ध गरिने भएको छ । लामो समयको तयारीपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सूचिकृत […]

सम्बन्धित सामग्री

घर छाडेका नागरिक साढे ४४ लाख, २२ लाख विदेशमा

४ चैत, काठमाडौं । नेपालमा घर छाडेका नागरिकको जनसंख्या साढे ४४ लाख जना रहेको देखिएको छ । जनमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार घरमा अनुपस्थिति जनसंख्या ४४ लाख ५७ हजार ८२८ जना रहेको देखिन्छ । यो कुल जनसंख्याको १५.३ प्रतिशत हो । सहरभन्दा […]

युवा टिकाउन शिक्षासँगै रोजगारी

उच्च शिक्षा अध्ययनका लागि वार्षिक एक लाखभन्दा बढी विद्यार्थी बिदेसिने गरेका छन् । विश्वका ७१ भन्दा बढी देशमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जाने गरेका छन् । दिनमा सरदर पाँच सय विद्यार्थीले एनओसी पत्र लिने गरेको तथ्याङ्क पनि छ । अध्ययन तथा श्रमका लागि भनेर गत आर्थिक वर्षमा आठ लाख नेपाली विदेश गएको तथ्याङ्क छ । विश्वका १७८ देशमा अध्ययन तथा रोजगारीका लागि नेपाली जाने गरेका छन् । प्रतिवर्ष सात लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । जनगणना २०७८ ले करिब २२ लाख नेपाली विदेशमा रहेको देखाएको छ । औपचारिक तथा अनौपचारिक रूपमा विदेश जाने नेपाली करिब ६० देखि ७० लाखसम्म रहेको अनुमान छ । यो हालको जनसङ्ख्याको झन्डै २० प्रतिशत हुन आउँछ । सन् १९९० को दशकमा राजनीतिक तथा आर्थिक क्षेत्रमा

प्रवासी श्रमिक पनि सामाजिक सुरक्षामा

काठमाडौं । विदेशको रोजगारीमा वा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधवार एक विशेष कार्यक्रममा विदेशमा रहेका श्रमिकलाई उक्त योजनामा सूचीकृत गर्ने कार्यको थालनी गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने संस्कार बसाल्न कानूनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याई सबै क्षेत्रको अपनत्व स्थापित गर्न लागिएको बताउनुभयो । उहाँले कोषको रकमलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलतालगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने जानकारी दिनुभयो । ‘सरकारी सेवामा करारमा कार्यरत श्रमिकलाई समेत हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नसकिएकोमा मलाई विशेष दु:ख लागेको छ । यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने काममा म लाग्छु,’ उहाँले भन्नुभयो । रोजगारीका लागि विदेश जाने युवा ठग्ने काम र ढिलासुस्ती सरकारलाई सह्य नहुने स्पष्ट पार्दै उहाँले रोजगारीका लागि विदेशिएका युवालाई दु:ख दिने दिन सकिएको बताउनुभयो । दाहालका अनुसार सरकारले विदेश जानेलाई तालीम दिई दक्ष बनाएर मात्रै पठाउने तयारी गरेको छ । वैदेशिक रोजगारीका नयाँ अवसर र गन्तव्य खोज्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तयारीलाई प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै दाहालले श्रम सम्झौता गर्न बाँकी देशसँग सम्झौता गर्ने र भइसकेका सम्झौतालाई समयसापेक्ष बनाउने बताउनुभयो । प्रधानमन्त्री दाहालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको पाँचवर्षे रणनीतिक योजनाको पूर्ण कार्यान्वयनमा सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामाजिक सुरक्षा कोषका अध्यक्ष रहेका श्रमसचिव एकनारायण आर्यालले सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९’ जारी गरी कार्यान्वयन शुरू गरिएको बताए । उनका अनुसार अब विदेशमा रहेका कुनै पनि नेपाली श्रमिक सामाजिक सुरक्षाको दायराबाहिर बस्नु पर्दैन । घरदेखि प्रतिष्ठानसम्ममा कार्यरत श्रमिकले आफूलाई अधिकारसम्पन्न श्रमिक अनुभूत गर्न पाउने व्यवस्था मिलाइएको उनको भनाइ छ । सचिव अर्यालका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित भएको छ । कोषमा आबद्ध हुन श्रमिकले तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पनि यो योजनाबाट विदेशमा रहेका लाखौं नेपाली लाभान्वित हुने बताए । उनका अनुसार कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी यो योजना ल्याइएको हो । विदेशमा रोजगार वा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको जानकारी दिँदै उनले थपे, ‘कोषमा सहभागी हुन रोजगारदाता कम्पनीको अनुमति चाहिन्न । आफैले राहदानी र श्रमस्वीकृति राखेर आवेदन दिन पाइन्छ । तोकिएको रकम सीधै खातामा जम्मा गर्न सकिन्छ ।’ कोषका अनुसार कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका लाखौं श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको छ । ट्रेड युनियनहरूले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गर्दै आएका थिए । नेपालको औपचारिक क्षेत्रका श्रमिकले ३ वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ दिइरहे पनि विदेशमा रोजगारी र स्वरोजगारीमा रहेका व्यक्ति त्यसबाट वञ्चित थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न पैरवी गर्दै आएको थियो । कोषले बुधवार आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डीबी क्षत्रीले आफूहरूले १ दशकदेखि सरकारसँग गरेको माग पूरा भएको बताए । ‘नेपालमा सामाजिक सुरक्षा कोष स्थापना हुनुअघि नै एनआरएनले विदेशमा रहेका नेपालीलाई एउटा कोष बनाएर सामाजिक सुरक्षा प्रदान गर्नुपर्छ भनेर अभियान चलाए । एनआरएनए ओमानले प्रस्ताव गरेको हजारे अभियानलाई परिष्कृत गरी सामाजिक सुरक्षा कोषमा परिणत गरियो,’ उपाध्यक्ष क्षत्रीले भने, ‘विदेशमा रहेका लाखौं नेपाली यसमा औपचारिक रूपमा जोडिने बाटो खुलेको छ । यसलाई व्यापक र प्रभावकारी बनाउन हामी सरकारसँग सहकार्य गर्नेछौं ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा योजनामा आबद्ध गराउँदा श्रमिक र तिनका परिवारलाई ठूलो राहत हुने बताए । उनका अनुसार विदेशका रोजगार र स्वरोजगारलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाले देशमा आर्थिक क्रियाकलाप बढाउन ठूलो योगदान गर्नेछ । कोषमा आबद्ध हुन पाउँदा प्रवासी श्रमिकलाई राज्य भएको अनुभूति हुने उनले बताए । विदेशमा कार्यरत श्रमिकले पठाएको विप्रेषणले देशको अर्थतन्त्र धानिएको बेला सरकारले यस्तो योजना ल्याउनु स्वागतयोग्य रहेको ढकालले बताए । विप्रेषण आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि प्रवासी श्रमिकका लागि आवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको पनि ढकालले बताए । नयाँ श्रमस्वीकृति लिनेलाई अनिवार्य बुधवारदेखि नै नयाँ श्रमस्वीकृति लिनेहरूलाई कोषमा सूचीकरण अनिवार्य गरिएको छ । हाल दैनिक २ हजार हाराहारीले श्रम स्वीकृति लिने गरेका छन् । श्रमस्वीकृति लिनेले कोषमा १ महीनाको योगदान रकम जम्मा गर्नुपर्नेछ । स्वीकृत कार्यविधिबमोजिम विदेशमा रोजगार वा स्वरोजगार व्यक्ति कम्तीमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत अर्थात हाल न्यूनतम २ हजार २ रुपैयाँ मासिक रूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्छन् । श्रमस्वीकृति लिने, नवीकरण गर्ने बेला भएका र नभएका सबैले वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत यसमा सहभागी हुन सक्छन् । पेन्सनसम्मको सुविधा वैदेशिक रोजगारीमा रहेका वा जानेले न्यूनतम २ हजार २ रुपैयाँदेखि अधिकतम २८ हजार १ सय ५५ रुपैयाँसम्म कोषमा योगदान गर्न पाउँछन् । यसरी योगदान गर्नेलाई कोषले १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम दिनेछ । वैदेशिक रोजगारी सकिएपछि एकमुष्ट रकम वा पेन्सन सुविधा पाइनेछ । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ ।

भिटेनलाई उछिन्दै दोङ बने सबैभन्दा महंगा नेपाली र्‍यापर, जी-बब तेस्रो

काठमाडौं । दोङ नेपालका महंगा र्‍यापर बनेका छन् । देश विदेशबाट उच्च डिमान्ड भएसँगै उनले आफ्नो पारिश्रमिकमा भारी वृद्धि गरेका हुन् । विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत दोङले ५ हजार अमेरिकी डलर (६ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक लिने गरेका छन् । हालै अस्ट्रेलिया टुरबाट उनले २२ लाख रुपैयाँ कमाएका थिए । कतिपय विदेशी […]

मिटर ब्याजको पासो : ६ लाख ऋण लिएर २२ लाख तिर्दा पनि अझै २९ लाख बाँकी !

काठमाडौं : विसं. २०७० सालमा  नवलपरासीका सफरल्लाह मियाँले छोरीको बिहेका लागि जगदीश बानियाँसँग ६ लाख रुपैयाँ ऋण काढे। ऋण लिएर छोरीको धुमधाम बिहे गरे।कामका लागि विदेश गएर फर्किएका उनको विदेशमा पनि खास कमाइ हुन सकेन। आफ्नो नाममा भएको घरसहित १८ कठ्ठा जमिन साहुलाई बुझाएर उनले ऋण लिएका थिए।साहु निस्किए ‘गरिब चुसाहा’। जो गरिबको पसिना चुस्न माहिर थिए। उसैको फन्दामा परे मियाँ। ती साहुलाई ऋण तिर्न मियाँ आफूले खुबै पसिना बगाए। ऋण लिएको ६ लाख तर ८ वर्षसम्म पटक पटक गरी उनले साहुलाई

झण्डै २२ लाख नेपाली परिवारबाहिर, अधिकांश विदेशमा

काठमाडौं । नेपालका झण्डै २२ लाख नागरिक आफ्नो परिवारमा अनुपस्थित रहेको राष्ट्रिय जनगणनाले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यसरी परिवारबाट टाढा रहेकामध्ये ८१.२८ प्रतिशत पुरुष र १८.७२ प्रतिशत महिला छन् । केन्द्रीय तथ्यांक विभागले जनगणनाको प्रारम्भिक नतिजाको संक्षेप सार्वजनिक गर्दै सो जानकारी दिएको हो । जसअनुसार जम्मा २१ लाख ६९ हजार […]

करोडौं रकम ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं : विदेशमा लुटिएको बहानामा विभिन्न व्यक्तिबाट कराेडौं रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।फेसबुकमा आफूलाई विदेशी नागरिक प्लास्टिक सर्जन डाक्टर भनेर चिनाउने मलेसियामा लुटिएको बहाना गर्दै दोब्बर रकम फिर्ता गर्ने प्रलोभन देखाएर एक करोड २२ लाख रुपैयाँ ठगी गर्ने गिरोहका दुई जनालाई महानगरीय महाशाखाको टोलीले पक्राउ गरेको हो।महाशाखाका अनुसार एक हप्ताको कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भनि विभिन्न दुःख पीडा पोखेर रकम पठाई सहयोग गर्न भ

रातो मेरोबाट प्याजी एनसेल

विदेशमा नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी स्पाइस नेपालले आफ्नो सेवाको ब्रान्ड नाम मेरो मोबाइलले शुक्रवारदेखि परिवर्तन गरी एनसेल नामकरण गरेको छ । सोही मितिदेखि पुरानो नाममा प्रयुक्त पहेँलो, रातो रंगलाई परिवर्तन गरी गाढा प्याजी रंगमा हाइटेक पत्थर अंकित नयाँ प्रतीक चिन्ह प्रयोग गरेको छ । रूस, टर्की, स्पेनका साथै अन्य विकासोन्मुख मुलुकमा दूरसञ्चार सेवामा लगानी गरेको टेलिया सोनेराले सन् २००८ मा स्पाइस नेपालको स्वामित्व लिएपछि आक्रामक बजार विस्तारको क्रममा नाम तथा लोगो परिवर्तन गरेकोे हो । एनसेलका ग्राहकको मोबाइल सेटमा देखिने मेरो मोबाइलको सट्टामा अब एनसेल देखिन थालेको छ । शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा टेलिया सोनेरा युरेसियाका अध्यक्ष टेरी किभिसारीले भने– ‘हामी नेपालमा पहिलो बन्न चाहन्छौं । त्यसका लागि ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न लगानी बढाउँदछौं ।’ टेलिया सोनेराले विभन्न २० देशमा दूरसञ्चारमा लगानी गरेको छ । सन् २००९ सम्ममा एनसेलको ग्राहक संख्या २२ लाख पुगेको कम्पनीले बताएको छ । इन्धनको मूल्य र सुनको भन्सार वृद्धि नेपाल आयल निगमले आइतबार डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपैयाँ तथा पेट्रोेलमा प्रतिलिटर साढे २ रुपैयाँ मूल्यवृद्धि गरेको छ । त्यस्तै आइतबारको मन्त्रिपरिषद्को बैठकले सुनको आयातमा लाग्दै आएको भन्सार दर तीन गुनाभन्दा बढीले वृद्धि गरी प्रति १० ग्राम ४७० रुपैयाँ कायम रेको छ । यसअगाडि प्रति १० ग्राम १३० रुपैयाँमात्रै भन्सार तिरे पुग्थ्यो । वर्ष ५, अंक २८, २०६६, चैत २–८