विदेशमा नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी स्पाइस नेपालले आफ्नो सेवाको ब्रान्ड नाम मेरो मोबाइलले शुक्रवारदेखि परिवर्तन गरी एनसेल नामकरण गरेको छ । सोही मितिदेखि पुरानो नाममा प्रयुक्त पहेँलो, रातो रंगलाई परिवर्तन गरी गाढा प्याजी रंगमा हाइटेक पत्थर अंकित नयाँ प्रतीक चिन्ह प्रयोग गरेको छ । रूस, टर्की, स्पेनका साथै अन्य विकासोन्मुख मुलुकमा दूरसञ्चार सेवामा लगानी गरेको टेलिया सोनेराले सन् २००८ मा स्पाइस नेपालको स्वामित्व लिएपछि आक्रामक बजार विस्तारको क्रममा नाम तथा लोगो परिवर्तन गरेकोे हो ।
एनसेलका ग्राहकको मोबाइल सेटमा देखिने मेरो मोबाइलको सट्टामा अब एनसेल देखिन थालेको छ । शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा टेलिया सोनेरा युरेसियाका अध्यक्ष टेरी किभिसारीले भने– ‘हामी नेपालमा पहिलो बन्न चाहन्छौं । त्यसका लागि ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न लगानी बढाउँदछौं ।’ टेलिया सोनेराले विभन्न २० देशमा दूरसञ्चारमा लगानी गरेको छ । सन् २००९ सम्ममा एनसेलको ग्राहक संख्या २२ लाख पुगेको कम्पनीले बताएको छ ।
इन्धनको मूल्य र सुनको भन्सार वृद्धि
नेपाल आयल निगमले आइतबार डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपैयाँ तथा पेट्रोेलमा प्रतिलिटर साढे २ रुपैयाँ मूल्यवृद्धि गरेको छ । त्यस्तै आइतबारको मन्त्रिपरिषद्को बैठकले सुनको आयातमा लाग्दै आएको भन्सार दर तीन गुनाभन्दा बढीले वृद्धि गरी प्रति १० ग्राम ४७० रुपैयाँ कायम रेको छ । यसअगाडि प्रति १० ग्राम १३० रुपैयाँमात्रै भन्सार तिरे पुग्थ्यो ।
वर्ष ५, अंक २८, २०६६, चैत २–८