काठमाडौं : विदेशमा लुटिएको बहानामा विभिन्न व्यक्तिबाट कराेडौं रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।फेसबुकमा आफूलाई विदेशी नागरिक प्लास्टिक सर्जन डाक्टर भनेर चिनाउने मलेसियामा लुटिएको बहाना गर्दै दोब्बर रकम फिर्ता गर्ने प्रलोभन देखाएर एक करोड २२ लाख रुपैयाँ ठगी गर्ने गिरोहका दुई जनालाई महानगरीय महाशाखाको टोलीले पक्राउ गरेको हो।महाशाखाका अनुसार एक हप्ताको कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भनि विभिन्न दुःख पीडा पोखेर रकम पठाई सहयोग गर्न भ