प्रदेश १ मा नेपाली कांग्रेसका केही असन्तुष्ट सांसदले 'फ्लोरक्रस' गरेर मुख्यमन्त्री भीम आचार्यलाई मत दिने तयारी गरेको सुइँको पाएपछि कांग्रेसले प्रदेश सभाको आइतवारको बैठक रोक्न सचिवालयमा निवेदन दिएको छ ।
मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आजको लागि तय गरिएको थियो ।
‘विशेष कारण’ भन्दै कांग्रेसले आजको बैठक रोक्न सभामुखसँग आग्रह गरेको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले एक दिनको लागि बैठक सार्न भन्दै प्रदेश सभामा निवेदन दर्ता गराएका हुन् । तर, क...