भक्तपुर– सूर्यविनायक नगरपालिका-१ अन्तर्गत सिरुटार-बिरुवा मूल सडक खण्डको बालकोट र सिरुटारको सिमाना पुलदेखि उपयोगी चोकसम्म ठूलाठूला पोखरी बनेपछि स्थानीयले व्यङ्ग्य गर्दै पाँच पोखरी नामकरण गरेका हुन् । निर्माण व्यवसायीको लापरबाही र स्थानीय जनप्रतिनिधिको उदासीनताका कारण अलपत्र बनेको सडक गत असार मसान्तसम्म सडकमा ढल व्यवस्थापन, पेटी, ग्रावेल, वेस कालोपत्रसहितको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी […]