जोमसोम-कोरला सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

म्याग्दी । जोमसोम-कोरला सडक स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोमदेखि नेपाल-चीन सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो । जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ वटा खण्डमध्ये ६ वटा खण्ड सम्पन्न भएको छ भने एउटामा काम अन्तिम चरणमा पुगेको छ […]

सम्बन्धित सामग्री

बेनी-जोमसोम-कोरला सडक : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुझेर संरचना […]

बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

म्याग्दी – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिएका छन्। बेनी–जोमसोम–कोरला सडक म्याग्दी खण्डको आज निरीक्षणका क्रममा मन्त्री ज्वालाले निर्माणमा ढिलाइ भएको भन्दै सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिए। ‘राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनामा भएको ढिलासुस्तीले सबैको ध्यान तानेको छ,’ उनले भने, ‘कतिपय स्थानमा […]

जोमसोम–कोरला सडक अवरुद्ध

बागलुङ। खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ताङ्बे भन्ने स्थानमा खहरे खोलामा आएको बाढीले सडक ठप्प बनाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङमा सिधा […]

बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि पाँच दिन पूर्णरुपमा बन्द

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी करिडाेरको बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि पाँच दिनका लागि पूर्णरुपमा बन्द भएकाे छ ।  रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको ठाउँमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले सडक बन्द गरिएकाे हाे। आज आइतवारदेखि साउन ३२ गते बिहीवारसम्म पाँच दिनका लागि सडक खण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले म्याग्दीले जन...

बेनी–जोमसोम–कोरला सडक योजनाको राष्ट्रिय सभा अध्यक्षद्वारा अनुगमन

म्याग्दी – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी काेरिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक खण्डको अनुगमन गर्नुभएको हो ।  बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्दै अध्यक्ष तिमिल्सिनाले समयमै सडक स्तरोन्नतिको काम सक्न योजना प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले दुई छिमेकी देश चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो सडक खण्ड बेनी–जोमस...

बेनी–जोमसोम–कोरला सडक आयोजनामा ६ अर्ब खर्च

उत्तर/दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनामा पाँच अर्ब ८४ करोड बजेट खर्च भएको छ । उत्तरी चीनकोे कोरला नाकासम्मको सडक पहुँचमार्ग विस्तार गर्न आयोजनाले सडक तथा पुलमा उक्त बजेट खर्चिएको जनाएको छ । आयोजनाको हालसम्म कुललागत स्टमेट १० अर्ब ३५ करोड रहेकोमा सात अर्ब ५५ करोड लागतमा विभिन्न निर्माण कम्पनीसँंग ठेक्का सम्झौता भएको थियो […]

जोमसोम–कोरला सडक अन्तिम चरणमा

राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्म रहेको १ सय १० किलोमिटर सडकको सात खण्डमध्ये ६ खण्ड सम्पन्न भएको छ भने एक खण्डको काम अन्तिम चरणमा पुगेको छ ।उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला […]

जोमसोम–कोरला सडक अन्तिम चरणमा

म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ।मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ खण्डमध्ये ६ खण्डको स्तरोन्नति भइसकेको छ भने एउटा खण्डको काम अन्तिम चरणमा पुगेको छ।उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३ असोजदेखि ७ वटा खण्डमा ठेक्का लगाएको थियो।जोमसोम–कोरला सडक

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण

म्याग्दी, १३ मंसिर । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल बनाएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिको राहुघाट नदीमा बनेको […]

बेनी-जोमसोम-कोरला सडक आयोजनाः म्याग्दीखण्डको काममा चरम ढिलासुस्ती

म्याग्दी - उत्तर-दक्षिण चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरी राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी-जोमसोम खण्डको काममा चरम ढिलासुस्ती भएको छ । सामान्य मार्ग निर्माण सकिएसँगै स्तरोन्नतिका लागि २०७३ मङ्सिरदेखि यस करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजना सञ्चालन गरिएको थियो । निर्माण अवधि सकिएको एक वर्ष बितिसक्दा समेत अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी स...