बझाङ – नेपाल सरकारले राष्ट्रिय गाैरवकाे याेजनामा बझाङकाे चैनपुर–ताक्लाकाेट सडक खण्डलाई पनि पारेकाे छ । यद्यपि यो योजनाको काम कछुवा गतिमा भइरहेकाे छ । बझाङको सदरमुकाम चैनपुरबाट एक सय १७ किलोमिटरको दुरीमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बतलाई जोड्ने सडक खण्डकाे काम निकै ढिलाे गरी भइरहेकाे हाे ।
यस सडकको चैनपुर रुवातोलासम्म १८ किलोमिटर विकेन्द्रीकृत पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (ड्रिलिप) ले २०६८ सालमै निमार्ण सम्पन्न गरेको थियो । तर अहिलेसम्म त्योभन्दा माथि झण्डै १८ किलोमिटर मात्रै सडक कटान भ...