काठमाण्डाै - बाढी र पहिरोका कारण बन्द भएका सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।
सम्बन्धित डिभिजन कार्यालयमार्फत खुलाउने काम भइरहेको हो । पहिरो हटाउने, मर्मत गर्ने लगायतका काम भइरहेको सडक विभागका उपमहानिर्देशक शिव प्रसाद नेपालले जानकारी दिनुभयो । मेसिन तथा उपकरणको सहायताले सडक खुलाउने काम भइरहेको हो ।
गएको दुई गतेदेखि बन्द भएको बझाङको खोड्पे चैनपुर बाहेकको सबै सडक खुलाउने काम भइरहेको र केहीदिन भित्रै खुलिसक्ने उहाँले बताउनुभयो । राजमार्गसँग धेरै ग्रामीण सडक पनि जोडिएको र धेरै ठाउँमा पहिर...