भेटिएन सम्पर्कविहीन तारा एयरको विमान

मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको १२ मिनेटमै सम्पर्कविहीन तारा एयरको विमान साँझसम्म खोज्दा पनि भेटिएन । चालक दलका तीन सदस्यसहित २२ जना सवार विमान सम्पर्कविहीन भएपछि नेपाली सेना र...

सम्बन्धित सामग्री

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको अन्त्येष्टी

काठमाडौँ – तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको अन्त्येष्टी गरिएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आजै आफन्तलाई बुझाइएको थियो। शव बुझेपछि आ–आफ्नो धार्मिक परम्पराअनुसार उनीहरुको अन्तिम संस्कार गरिएको हो। धनुषाको गोले परिवारका सात जनाको बिहीबार स्वयम्भूमा बौद्ध पराम्पराअनुसार अन्तिम संस्कार गरिएको छ। धनुषाका राजनकुमार गोलेसहित उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी […]

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

पोखराबाट जोमसोमका उडेको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ।

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा थासाङमा भेटियाे

काठमाडौं । उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको ट्वीटरमार्फत जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको अवस्थामा बिमान परेको थियाे । उडानको क्रममा हिजाे आइतबार मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन […] The post तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा थासाङमा भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको रातोपाटीलाई जानकारी दिए ।पोखराबाट मुस्ताङका लागि उडेको  तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सो विमानक

भेटियो हराइरहेकाे तारा एयरको विमान

नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।Search and rescue troops have physically located the plane crash site. Details will be followed.— NASpokesperson (@NaSpokesperson) May 30, 2022तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो । पोखराबाट मुस्ताङका

तारा एयरको विमान लार्जुङको खोचमा दुर्घटना अवस्थामा भेटियो

पाेखरा- तारा एयरको विमान मुस्ताङकाे लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए। उनले उडान भएको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको बताए। पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज […]

बेपत्ता तारा एयरको विमान खोज्न काठमाडौंबाट सेनाको हेलिकप्टर मुस्ताङ उड्यो

काठमाडौं, १५ जेठ । आज बिहान बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेका छ । केहीबेरअघि मात्रै हराइरहेको तारा एयरको विमान खोज्न सेनाको हेलिकप्टर मुस्ताङतर्फ उडेको हो । हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएपनि पुष्टि भने हुन सकेको छैन् । मूस्ताङको तेले, घाँसा, टिटि लगायतको स्थानमा विमान खसेको आशंका गरिएको छ । […]

२२ जना यात्रुसहितको तारा एयरको विमान मुस्ताङमा दुर्घटना

काठमाडौँ – आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ। चालक दलका तीन सदस्यसहित २२ जना बोकेको विमान आइतबार बिहान दुर्घटना भएको हो। यात्रुहरूको सूचीमा ४ भारतीय र २ जर्मन नागरिक पनि रहेका छन्। पोखराबाट जोमसोम उडेको  विमान सम्पर्कविहीन भएको थियो। विमान आइतबार बिहान करिब ९ः५० बजे […]

पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कबिहीन

काठमाडौ.– पोखराबाट मुस्ताङ उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएको छ। पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कबिहीन भएको हो । तारा एयरको नाइन एन अल्फा इपो विमान सम्पर्कबिहीन भएको हो। विमानमा १९ जना यात्रु रहेको बताइएको छ ।

तारा एयरको विमान सम्पर्कबिहीन

तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए ।   त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले घटनाबारे बुझ्ने काम भइरहेको बताए । उनले भने–‘विमान सम्पर्क बिहिन भएको कुरा आएको छ, हामी बुझ्दैछौँ ।’