पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कबिहीन

काठमाडौ.– पोखराबाट मुस्ताङ उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएको छ। पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कबिहीन भएको हो । तारा एयरको नाइन एन अल्फा इपो विमान सम्पर्कबिहीन भएको हो। विमानमा १९ जना यात्रु रहेको बताइएको छ ।