कोभिड प्रभावित कृषि पर्यटनदेखि विकास निर्माणमा बजेट केन्द्रीत गर्न महासंघको सुझाव (पूर्णपाठ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार औपचारिक कार्यक्रमको आयोजना गर्दै सरकारलाई आगामी आर्थिक वर्षको बजेट तयारीको सुझाव दिएको छ । निजी क्षेत्रको तर्फबाट महासंघले सरकारलाई सुझाव दिँदै आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकताका आधारमा ६ क्षेत्रलाई विशेष प्राथमिकता दिन आग्रह गरेको हो । कोभिड–१९ को आर्थिक प्रभाव मुलुकको अर्थतन्त्र छिटोभन्दा छिटो माथि उकास्न र विकासको गतिमा अघि बढ्न सरकारले कृषि, पर्यटन, पूर्वाधार विकाससँगै निजी क्षेत्रको उत्थानका लागि राहत र पुनरुत्थानको कार्यक्रमहर