काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आइतबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ र शहरी विकास मन्त्री प्रभु साहलाई छुट्टाछुट्टै भेट गरी कोभिड–१९ को दोस्रो लहरले निर्माण उद्योगमा पारेको असर बारे जानकारी गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले द्वय मन्त्रीलाई भेटी निर्माण क्षेत्रमा परेको प्रभाव कम गर्न सञ्चालित आयोजनाहरुको समय थप गरी जारी निषेधाज्ञाभरको समयलाई शुन्य समय मान्नु पर्ने माग गरेको हो ।त्यस्तै