पर्वत : सर्वोच्च अदालतले पर्वतको फलेवास नगरपालिकाको केन्द्र सार्न पाउनेगरी फैसला सुनाएको छ।नगरपालिकाको कार्यालय अस्थायी रूपमा बस्दै आएको वडा नं. ५ खानीगाउँको पिप्लेस्थित सिँचाइ कार्यालयको भवन साँघुरो भएकाले २०७७ पुसमा नगरपालिकाले केन्द्र सार्ने निर्णय गरेको थियो।नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा बसेको र त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र अस्थायी र साँघुरो भएको भन्दै बहुमत सदस्यको सहमतिमा सार्ने निर्णय भएको थियो।साँघुरो भएका कारण कार्यालय