निषेधाज्ञामा पनि उपत्यकामा बैंकका सबै शाखा खुल्ने, विद्युतीय कारोबार गर्न बैंकर्स संघको अपिल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आजबाट काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञामा सबै शाखा कार्यलयबाट सेवा दिने भएका छन् । कोभिड–१९ दोस्रो लहरको प्रकोप नियन्त्रणका लगि उपत्यकालगायत देशका अरु ठाउँहरुमा समेत निषेधाज्ञा जारी गरिएको भए पनि अत्यावश्यक सेवा भएकोले बैंकहरुले सबै शाखाबाट सेवा प्रदान गर्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले...

सम्बन्धित सामग्री

धितोपत्रमा लगानी गर्दै हुनुहुन्छ ?,नियामक निकायको यी कुराहरूमा ध्यान दिनुहोला

काठमाडौं। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूलाई महत्वपूर्ण सुझाबहरू दिएको छ । बोर्डले सूचनानै जारी गरेर धितोपत्रमा लगानी गर्नुअघि लगानीकर्ताले के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेमा प्रष्ट पारेको हो । बोर्डले निम्न कुराहरूमा ध्यान दिएर मात्र लगानी गर्न बोर्डले आग्रह गरेको हो । ध्यान दिनुपर्ने कुराहरू धितोपत्रको मूल्यमा समय समयमा उतारचढाव आउन सक्ने भएकाले धितोपत्रमा लगानी गर्दा मूल्य उतारचढाव सम्बन्धी उपयुक्त सूचना लिई संयमित र विवेकशील भएर मात्र लगानीको निर्णय लिनुपर्नेछ । धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला , अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक बस्तु स्थिति बुझेर आफ्नो स्वविवेकमानै लगानी सम्बन्धी निर्णय लिनुपर्नेछ । साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकन समेत गर्नुपर्नेछ । धितोपत्रको प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रमा लगानी गर्नुअघि धितोपत्र निष्कासनकर्ता कम्पनीको आव्हानपत्र तथा विवरणपत्र मार्फत प्रवाहित जानकारीहरू मुख्यतया कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति (नेटवर्थ, नाफानोक्सान स्थिति, आदि), लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङको स्तर जस्ता कुराहरूको विश्लेषण गनुपर्नेछ । नेपाल धितोपत्र बोर्डमा दर्ता भएको तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत धितोपत्रमा मात्र लगानी गर्नुपर्नेछ । धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरू, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरू (प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिशेयर नेटवर्थ ,पूँजी कोष अनुपात, निष्क्रिय कर्जा अनुपात), धितोपत्रको मूल्य प्रवृति, कम्पनीको साधारण सभाको निर्णय जस्ता महत्वपूर्ण कुराहरूको अध्ययन गर्नुपर्नेछ । दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिन भित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुपर्नेछ । आफुसँग भएको धितोपत्रलाई कारोबार योग्य बनाउन बोर्डबाट अनुमति प्राप्त निक्षेप सदस्यामार्फत अभौतिकीकरण गर्नुपर्नेछ । प्राथमिक बजारमा लगानी गर्न निक्षेप सदस्याकोमा हितग्राही खाता खोली आफ्नो बैंक खाता रहेको बैंकबाट आस्बा वा सि–आस्बा रजिष्ट्रेशन नम्बर लिई अनलाईनबाट सहजरुपमा लगानी गर्नुपर्नेछ । धितोपत्र बजारमा लगानी गर्न हितग्राही खाता अनिवार्य गरिएको हुँदा, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले तथा निक्षेप सदस्यहरूसँग सम्पर्क राखी बैंक खाता सहितको ग्राहक परिचय विवरण अनिवार्य रुपमा भरी हितग्राही खाता खोलेर धितोपत्र खरीद विक्री कारोबार गर्नुपर्नेछ । आफूले खरीद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भए नभएको ध्यान दिनुपर्नेछ । धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनैतिक स्थितिले प्रत्यक्ष प्रभाव पार्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सहज रहनुपर्नेछ । धितोपत्र दोस्रो बजारबाट कारोबार गर्दा सिधै नेप्सेको विद्युतीय कारोबार प्रणाली वा बोर्डबाट अनुमति प्राप्त धितोपत्र दलाल तथा तिनको शाखा कार्यालयबाट मात्र गर्नुपर्नेछ । धितोपत्र कारोबारमा रकमको लेनदेन गर्दा बैंक तथा वित्तीय संथा मार्फत गर्नुपर्नेछ । लगानी विविधिकरण बाट लगानीमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाँउ पुग्ने हुँदा लगानी विविधिकरणमा ध्यान दिनुपर्नेछ । दीर्घकालीन रुपमा गरिने लगानीले जोखिमको सम्भावनालाई न्यून गराउने हुँदा लगानी गर्दा यस तथ्यलाई समेत मनन गर्नुपर्नेछ । पूँजी बजार सम्बन्धी नीति नियम तथा निर्देशनहरूले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुपर्नेछ । लगानीकर्ताहरूलाई पूँजीबजार सम्बन्धी साक्षर बनाउने उदेश्यले बोर्डले समय समयमा आफ््नो कार्यालयमा तथा विभिन्न जिल्लाहरूमा लगानीकर्ता सचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सहभागी हुनुपर्नेछ । बोर्डबाट रेडियो नेपालमार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिवार विहान ७:४० बजे देखि ७:५५ बजेसम्म सञ्चालन गरिने धितोपत्र तथा वस्तु विनिमय रेडियो कार्यक्रम सुनेर बजार सम्बन्धी जानकारी लिनुपर्नेछ । लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐत नियमहरूको साथै बोर्डबाट भएका व्यवस्थाबारे जानकारी राख्न धितोपत्र सम्बन्धी ऐन नियमहरू र अन्य व्यवस्थाको जानकारी बोर्डको वेवसाइट तथा बोर्डको सम्बन्धित प्रकाशनमार्फत समेत हेर्नुपर्नेछ । धितोपत्रमा लगानी सम्बन्धमा कुनै जिज्ञासा, गुनासा तथा उजुरीहरू भएमा बोर्डको वेवसाइटमा रहेको न्चष्भखबलअभ दगततयल मार्फत वा टोल फ्रि नम्बर १६६००१४४४३३ वा हटलाइन नम्बर ५५४४०७६ बोर्डको ठेगानामा पठाउनुपर्नेछ ।

एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । चौतारा साँगाचोकगढी–७ सानो सिरुबारीस्थित सिद्धिगणेश माध्यमिक विद्यालय परिसरमा भएको उक्त कार्यक्रम बैंकका चौतारा शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बचतको महत्त्व, बचत गरेको रकम बैंकमा खाता खोलेर जम्मा गर्नुपर्ने, ऋण लिने कारणहरू, बीमा, पारिवारिक बजेटको महत्त्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैंकको योगदान, विद्युतीय कारोबार लगायत विषयमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी गराएका थिए । यसैगरी बैंकका बजार अधिकृत विवेक राजकर्णिकारले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पार्दै बैंकले दिइरहेको सेवा सुविधासम्बन्धी जानकारी गराएका थिए । कार्यक्रममा महिलाको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा बैंकका प्रबन्धक गिरिले चौतारा शाखाले १० हजार औषधि बीमा सुविधा २८ जना सदस्यलाई उपलब्ध गराएको जानकारी दिए । बैंकले १३९ शाखा, १४ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम बुथमार्फत सेवा प्रदान गर्दै आएको छ ।

बीमा व्यवसायको विद्युतीय कारोबार

मानिसको जीवनशैलीमा भएको परिवर्तनसँगै दुर्घटना र विभिन्न जोखिम पनि बढिरहेका छन् । दैनिक क्रियाकलापमा नकारात्मक प्रभाव पर्नुको अतिरिक्त भौतिक पूर्वाधारहरूको क्षति एवम् आर्थिक व्ययभारमा वृद्धि भइरहेको छ । क्षतिबाट बच्न र जोखिम न्यूनीकरण गर्न जीवन वा सम्पत्ति बीमा गर्नु उपयुक्त तरीका हो । तर, जनमानसमा बीमा गर्नु भनेको व्यर्थमा रकम खर्च गर्नु हो भन्ने मानसिकता रहेको छ यसमा परिवर्तन ल्याउन सरोकारवाला व्यक्ति वा निकायहरू अझै पछाडि देखिन्छन् । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो भनी सकारात्मक सोचको विकास गरी पहुँचमा वृद्धि तथा परम्परागत पद्धतिबाट भइरहेको बीमा कारोबारलाई आधुनिक प्रविधिको आधारमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । बीमकले पोलिसी जारी गर्दा उल्लेख गर्ने शर्त र अवस्थासहितको कागजात ग्राहकलाई उपलब्ध गराउने कार्यको अन्त्य हुनुपर्छ । प्रसिद्ध अर्थशास्त्री एडविन डब्ल्यू पिटरसनको भनाइमा ‘बीमा एउटा करार हो, जसमा एउटा पक्षले निश्चित बीमा शुल्कको बदलामा अर्को पक्षको विशिष्ट जोखिमलाई ग्रहण गर्छ र भविष्यमा कुनै उल्लिखित घटना घटेमा उसलाई एक निश्चित रकम दिने वा क्षतिपूर्ति दिने वचन दिएको हुन्छ ।’ एक पक्षको जोखिम अर्को पक्षले ग्रहण गर्ने र घटना भएमा क्षतिपूर्ति प्रदान गरी जोखिमलाई न्यूनीकरण वा हस्तान्तरण गर्ने भन्ने बुझिन्छ । बीमा करार परम्परागत तरीकाबाट भएकोमा वर्तमान समयमा शिक्षाको प्रचुर विकास, सञ्चार इन्टरनेटको सहज उपलब्धता, प्रविधिमैत्री जनसंख्यामा वृद्धि, बीमा कम्पनीहरूको प्रतिस्पर्धात्मक सेवा विस्तार, नियामकीय निकायको क्रियाशीलताको कारणबाट केही मात्रामा प्रणालीमा आधारित कारोबारहरूको शुरुआत भएको छ । प्रयास पूर्ण नभएकाले बीमा कारोवारको शुरूको निवेदनदेखि दाबी भुक्तानी फछ्र्योटसम्मको प्रक्रिया विद्युतीय मार्गबाट गर्न त्यससँग सम्बद्ध विषयलाई प्रविधिमा आधारित गराउँदै लैजानुपर्छ । औपचारिक बीमाको शुरुआत नेपाल बैंक लिमिटेडले प्रदान गरेको कर्जामा धितोको बीमा गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विस २००४ सालमा स्थापित नेपाल मालचलानी तथा बीमा कम्पनी लिमिटेडको स्थापनालाई लिइन्छ । बीमा व्यवसाय शुरू भएको ७४ वर्षमा जीवन बीमातर्फ २७ दशमलव १२ प्रतिशत, निर्जीवन बीमातर्फ २२ दशमलव ७४ ले वृद्धि भई समग्रमा बीमा शुल्कको आधारमा २६ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमासमेत गणना गर्दा ३० प्रतिशतभन्दा बढी जनसंख्यामा बीमा पहुँच विस्तार भएको देखिन्छ । बजारमा १९ जीवन, २० निर्जीवन र २ पुनर्बीमा गरी ४१ ओटा कम्पनीहरू सञ्चालनमा छन् । स्थापित कम्पनीहरूले विशेष गरी शहरी इलाकामा प्रतिस्पर्धात्मक कार्यस्थल बनाएको देखिन्छ । जीवन बीमा कम्पनीहरूले ग्रामीण इलाकामा बसोवास गर्ने जनतासम्म सेवा विस्तार गर्न सकेका छैनन् । हालसालै सम्पन्न भएको जनगणनाको प्रारम्भिक नतिजाबमोजिम करीब ६५ प्रतिशत जनसंख्या शहरमा बसोवास गरिरहेका छन् । शहरी जनसंख्यामा वृद्धि देखिए पनि त्यहाँ सञ्चालन हुने आर्थिक क्रियाकलापहरूले बीमा कम्पनीहरूलाई आकर्षित गर्न सकेका छैनन् वा उक्त स्थानहरूमा बीमा गर्न सकिने प्रकृतिका कारोबारहरू भएका छैनन् । बीमा कारोबारका लागि शाखा काउन्टर स्थापना नगरी प्रविधिमा आधारित भई बीमा कारोबार गर्न कम्पनीहरूले कार्यक्रम अघि बढाउनुपर्छ । कम्पनीहरूले आधुनिक सफ्टवेयरको प्रयोग गरी कारोवार सञ्चालन गरिरहे पनि पूर्णरूपमा हरेक कारोबार अनलाइनको माध्यमबाट सञ्चालन गर्न सकेको अवस्था छैन । बीमा कारोबारमा विभिन्न उपकरणहरू वेबसाइट, एप्लिकेशन, ईमेल, सोसल मिडिया र कार्डको प्रयोग गरी डिजिटाइज्ड गर्न सकिन्छ । अथवा बीमकले कारोबारलाई विद्युतीय रूपमा सञ्चालन गर्न विद्युतीय बीमा प्लाटफर्म सञ्चालन गर्न सक्छन् । बीमा प्लाटफर्मको सञ्चालनबाट बीमितले विभिन्न प्रकारका व्यावसायिक योजनाहरू प्राप्त गर्न सक्छन् । कम्पनीहरूको व्यावसायिक विवरण, योजना, लाभ–लागत विश्लेषण गरी बीमितले पोलिसी किन्न सक्छ । बीमितलाई इच्छा लागेको पोलिसी किन्न कुनै मध्यस्थकर्ता वा एजेन्टको आवश्यकता पर्दैन । बीमितको खर्च कटौती र समयको बचत हुने भएकाले डिजिटल प्रविधिलाई नयाँ शक्तिका रूपमा लिन सकिन्छ । परम्परागत बीमा पोलिसीमा धेरै कागजातहरूको प्रयोग, शर्त र अवस्था बढी हुँदा बीमितले पोलिसी खरीद, नवीकरण र दाबी भुक्तानीमा कठिनाइ महसूस गर्छ । त्यसको निराकरणका लागि आधुनिक प्रविधिको बीमा प्लेटफर्म सञ्चालन गर्न उपयुक्त हुने देखिन्छ । बीमकलाई प्रविधियुक्त बनाउन, कर्मचारीलाई तालीम प्रदान गर्न र ग्राहकलाई प्रविधियुक्त बीमा पोलिसी खरीद गर्ने वातावरणको सृजना गर्न बीमा डिजिटल साक्षरता कार्यक्रम अति आवश्यक भएकाले उक्त कार्यका लागि थप लगानी गर्नुपर्ने देखिन्छ । लगानी वृद्धि गर्न बीमा प्रिमियम संकलनबाट अपुग हुने देखिएकाले नियामक निकायबाट चुक्ता पूँजीको सीमालाई वृद्धि गर्न निर्देशन गर्नुपर्दछ । पूँजी वृद्धि गरी प्रविधिको अतिरिक्त आम्दानी हुने क्षेत्रहरूमा समेत लगानी गर्न सकिने भएकाले संस्थाको वित्तीय सबलता सक्षम हुँदै पूर्ण डिजिटाइज हुनसक्ने गरी प्रविधिमा लगानी गर्न सकिन्छ । कम्पनीले अन्तरराष्ट्रिय स्तरको सफ्टवेयर प्रयोग गरी प्रत्येक कारोबारका चरणहरू अनलाइन सम्पन्न गर्न सक्ने योजना बनाउनुपर्छ । सफ्टवेयरमा अत्यधिक लगानी र प्रत्येक वर्ष वार्षिक मर्मत/सम्भार खर्च भुक्तानी गर्नुपर्ने हुँदा संस्थाको कायम रहेको चुक्ता पूँजी र वार्षिक नाफाबाट उक्त कार्य सम्पादन गर्न कठिन हुन सक्ने देखिन्छ । वेबसाइट, एप्लिकेशन राखिएका प्रविधिमा आधारित बीमा पोलिसीहरू बीमितले मोबाइल वा ल्यापटपको माध्यमबाट स्वेच्छाले बीमा पोलिसी किन्ने तथा भुक्तानी बैंक खाता, वालेट, कार्डबाट गर्न सक्ने र कम्पनीले पोलिसी स्वीकार गरी ग्राहक नम्बर उपलब्ध गराई पोलिसी खरीद, नवीकरण, भुक्तानी र दाबी भुक्तानी सोही नम्बरको आधारमा विनाकागजात सम्पन्न गर्न सकिने व्यवस्था गर्नुपर्ने देखिन्छ । कुनै एक कम्पनी लगानी र सफ्वेयरको अभाव भई कारोबारलाई विद्युतीय मार्गमा रूपान्तरण गर्न असमर्थ भएमा सबै कम्पनीको संयुक्त लगानीमा एग्रिगेटर कम्पनी स्थापना गरी उक्त कम्पनीले सदस्य बीमकहरूको पोलिसीहरू खरीददेखि दाबी भुक्तानीसम्म विस्तृत रूपमा वेबसाइटमा राखिदिने र ग्राहकले स्वेच्छाले खरीद गर्न र प्रिमियम भुक्तानी गर्न एग्रिगेटरले मध्यस्थता गरी फछ्र्योट गर्न सक्छ । कम्पनीलाई जुनसुकै स्थानबाट सञ्चालन गर्न, पोलिसी खरीद र भुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाहरूसँग समेत अन्तरआबद्धता गर्नुपर्ने देखिन्छ । उक्त कार्य गर्न नियामकीय निकायको स्वीकृति आवश्यक हुने देखिएकाले अन्तरराष्ट्रिय अभ्यास, विद्युतीय कारोबार अवस्थालाई दृष्टिगत गर्दै सोही प्रकृतिका निर्देशनहरू जारी हुनुपर्छ । नियामकीय निकायले निर्देशन जारी गर्दा प्रविधियुक्त बीमा कारोवारलाई प्राथमिकता दिई क्रमशः समय र कागजातको प्रयोग कम हुनेतर्फ ध्यान पुर्‍याउनु आवश्यक छ । बीमकले पोलिसी जारी गर्दा उल्लेख गर्ने शर्त र अवस्थासहितको कागजात ग्राहकलाई उपलब्ध गराउने कार्यको अन्त्य हुनुपर्छ । बीमितलाई प्रदान गर्ने शर्तसहित पोलिसी इमेल ठेगानामा उपलब्ध गराउँदा संस्थालाई कागजातमा हुने खर्चमा कमी तथा ग्राहकलाई कागजात सुरक्षित राख्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । कागजात र समयको बचत गर्न बीमकले पोलिसी इन्फरमेसन कार्डलाई प्रयोगमा ल्याउनुपर्छ । ग्राहकले पोलिसी किन्दा बीमकले चिप बेसमा आधारित कार्ड जारी गरी ग्राहकको व्यक्तिगत विवरण, पोलिसी, प्रिमियम भुक्तानी, नवीकरण, दाबी भुक्तानी वा जीवन बीमा भएमा अवधि समाप्तिपछि रकम भुक्तानी विवरणसमेत चिपमा उल्लेख गरी कार्ड उपलब्ध गराउँदा समय र कागजातमा हुने खर्च कटौतीमा सहयोग पुग्छ । बीमा कारोबारलाई आधुनिक प्रविधिमा समायोजन गर्दै अघि बढ्न नियामकीय निकायले जारी गर्ने निर्देशनहरूमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिने, चुँक्ता पूँजी वृद्धि गर्ने, अन्तरराष्ट्रियस्तरको सफ्टवेयरको प्रयोग प्रोत्साहित गर्ने, वेबसाइट, एप्लिकेशकनको प्रयोग गर्ने, पोलिसी र कारोबारको भुक्तानीका लागि एग्रिगेटर कम्पनीको स्थापना र सञ्चालन गर्ने तथा ग्राहकको विवरणहरू कार्डमा पर्सनलाईज्ड गरी बीमितलाई उपलब्ध गराउँदा बीमा कारोबार क्रमशः आधुनिक प्रविधि उन्मुख हुनसक्ने देखिन्छ । लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीसम्बन्धी जानकार व्यक्ति हुन् ।

बढ्दै छ विद्युतीय कारोबार

कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण विद्युतीय कारोबार बढ्दै गएको छ । खासगरी बैंक तथा वित्तीय संस्था, बीमा क्षेत्र र धितोपत्र बजारसम्मले विद्युतीय सेवा र कारोबारलाई उच्च प्राथमिकतामा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाका कार्यालय र शाखा खुला रहने भएपनि अत्यावश्यक कामबाहेक कार्यालयमा भिडभाड नगरी विद्युतीय कारोबारलाई प्राथमिकता दिएका हुन् ।

अन्तर बैंक एटीएम कारोबारमा शुल्क लाग्ने

नयाँ आर्थिक वर्ष सुरु भएसँगै बैंक वित्तीय संस्थाले अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिने भएका छन् । कोरोना भाइरसका कारण लकडाउन भएको समयमा बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको सहजताका लागि निःशुल्क एटीएम तथा विद्युतीय कारोबार गरेका थिए । असारको पहिलो सातादेखि लकडाउन खुकुलो भएसँगै बैंक तथा वित्तीय संस्थाका शाखा खुल्न थालेको र सर्वसाधारणको आवतजावत पनि बढ्दै गएकाले खाता भएकै संस्था भन्दा अन्य वित्तीय संस्थाका एटीएम प्रयोग गर्दा लाग्ने शुल्क पुनः बिहीबारदेखि सुरु गर्ने भएको हो । त्यसका साथै कनेक्ट आइपीएसमार्फत कारोबार गर्दा समेत शुल्क लाग्ने भएको छ ।