एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । चौतारा साँगाचोकगढी–७ सानो सिरुबारीस्थित सिद्धिगणेश माध्यमिक विद्यालय परिसरमा भएको उक्त कार्यक्रम बैंकका चौतारा शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बचतको महत्त्व, बचत गरेको रकम बैंकमा खाता खोलेर जम्मा गर्नुपर्ने, ऋण लिने कारणहरू, बीमा, पारिवारिक बजेटको महत्त्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैंकको योगदान, विद्युतीय कारोबार लगायत विषयमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी गराएका थिए । यसैगरी बैंकका बजार अधिकृत विवेक राजकर्णिकारले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पार्दै बैंकले दिइरहेको सेवा सुविधासम्बन्धी जानकारी गराएका थिए । कार्यक्रममा महिलाको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा बैंकका प्रबन्धक गिरिले चौतारा शाखाले १० हजार औषधि बीमा सुविधा २८ जना सदस्यलाई उपलब्ध गराएको जानकारी दिए । बैंकले १३९ शाखा, १४ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम बुथमार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित सामग्री

एनसीसी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ – नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। चौतारा सागाचोकगढी–७, सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको यस कार्यक्रममा बैंकका चौतार शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैंकमा खाता खोली जम्मा गर्नुपर्ने, ऋण लिने कारण, साना–ठूला […]

क्युआर कोड प्रयोगका लागि एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यूआर कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध...

एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच क्युआर कोडसम्वन्धी सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू.आर. कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो ।कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशै भरिका ७०० भन्दा बढी नाई सदस्यहरुको सहभागिता रहेको थियो । नेपाल राष्ट्रिय नाई संघमा आबद्ध नाईहरूलाई क्यू.आर कोड सेवा प्रदान गर्ने सम्बन्

एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच क्यूआर कोडसम्बन्धी सम्झौता

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच सम्झौता

काठमाडौँ – नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरताअन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्युआर कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत जानकारी गराएको थियो। कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशभरका ७ सयभन्दा बढी नाई सदस्य […]