काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रूपान्तरण भएपछिको पहिलो बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन २३ सदस्यलाई निर्देशन दिएको छ । तर बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने उपस्थित भएको छैन । वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा हुनुहुन्छ ।
उपाध्यक्ष वामदेव गौतम भने बैठकमा उपस्थित हुनुभएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर ताम...