फिन्न एलेन न्युजिल्याण्डको टी ट्वान्टी अन्तर्राष्ट्रिय टोलीमा स्थान सुनिश्चित गर्नुभएको छ । बङ्गलादेश विरुद्धको श्रृखंलाका लागि उहाँलाई टोलीमा बोलाइएको हो । उहाँ ब्याट्सम्यान हुनुहुन्छ ।
दुई वर्षसम्म घाइते भएर अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिर रहनुभएका एडम मिल्ने समेत पुनरागमन गर्नुहुने भएको छ । जारी सिजनमा टेष्ट र अन्तर्राष्ट्रिय एकदिबसीयमा डेब्यु गर्नुभएका विल योङ्ग समेत टी ट्वान्टी टोलीमा पर्नुभएको छ । गत् डिसेम्बर महिना यता घाइते भएर अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी हुन नसकेका लुसी फरगुसनको समेत पुनरागमन भएको हो ।