र्यापर हनी सिंह अर्थात् हृदयेश सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको मुद्दा दर्ता गरेकी छन् । तलवारले दिल्लीको तीस हजारी कोर्टमा मुद्दा दर्ता गरेकी हुन् । उनले घरेलु हिंसाबाट महिलाको सुरक्षा अधिनियमअनुसार मामिला दर्ता गरेको बताइएको छ । मुद्दालाई मंगलबार नै मुख्य मेट्रोपोलिटन मेजिस्ट्रट तानिया सिंहको कोर्टमा पेसी चढाइएको थियो ।अदालतले हनी सिंहलाई यस विषयमा २८ अगस्त सम्म जवाफ दिन नोटिस जारी गरेको छ । अदालतले शालिनी तलवारको पक्षमा अन्तरिम आदेश पनि जारी गरेको छ । जस