काठमाडौँ महानगरका जनप्रतिनिधिको सपथ तथा पदबहाली आज

काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । गतकामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन् । कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन् । कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् । वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणनाकार्य ३१ गते शनिबारदेखि सुरु गरी गत शुक्रबार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ । 

सम्बन्धित सामग्री

नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली

काठमाडौँ - नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले आजै पदबहाली गरेका हुन्।  सो अवसरमा मन्त्रालयलका सचिव डा दीपकुमार खराललगायत मन्त्रालयल र मातहतका विभाग तथा निकायका...

बीपी प्रतिष्ठानका नवनियुक्त पदाधिकारीद्धारा सपथ तथा पदभार ग्रहण

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिष्ट्रारमा नियुक्त प्राडा सूर्य प्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा जगत नारायण प्रसादले सपथ ग्रहण तथा पदबहाली ग्रहण गरेका छन्।

नवनियुक्त मन्त्रीका प्राथमिकता : रासायनिक मल र इम्बोस्ड नम्बर

नवनियुक्त कृषिमन्त्री मृगेन्द्र यादवले आफ्नो पहिलो प्राथमिकता रासायनिक मल अभाव पूर्ति गर्ने रहेको बताएका छन् । सोमबार मन्त्रीको सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदबहाली गर्दै मन्त्री यादवले आफ्नो पहिलो प्राथमिकता कृषि मन्त्रीको पहिलो प्राथमिकता किसानहरुलाई रासायनिक मल सुलभ तरिकाले उपलब्ध गराउने बताएका हुन् । ‘विभिन्न कारणले मल समयमा नआएको हो । ती सबै कुराको जानकारी लिएर किसानलाई मल दिलाउन मेरो पहिलो प्रथामिकता हुन्छ’, मन्त्री यादवको भनाइ छ ।  यस्तै भौतिक मन्त्री इस्तियाक राईले

कामनपाका जनप्रतिनिधिको सपथसँगै पद बहाली (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज सपथ लिएसँगै पदबहाली गरेका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएकी हुन् । प्रमुख उपप्रमुखसहित कामपाको ३२ वडामा १ सय ६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित […] The post कामनपाका जनप्रतिनिधिको सपथसँगै पद बहाली (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालेन र सुनिताले आज पदबहाली गर्दै

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्ने भएका छन्। महानगरपालिकाका प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र शाह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डङ्गोल निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार आज बिहान ११ बजे बालेनले मुख्य निर्वाचन अधिकृतद्वारा सपथ ग्रहण गर्नेछन् र उनैले सुनितालगायत अन्य पदाधिकारीलाई सपथ ग्रहण गराउने छन्। […]

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले गरे पदबहाली

२३ पुस, भक्तपुर । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले पदबहादली गरेका छन् । बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले सानोठिमीस्थित परिषदको कार्यालयमा पुगेर पदबहाली गरेका हुन् । सो अवसरमा उपाध्यक्ष बस्नेतले मुलुकको कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवा समुदायको विकास र सशक्तीकरणमा जोड दिने […]

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, आजै गरे पदबहाली

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई आज पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्  ।  अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बैंक अध्यक्षको पद बहाली गरे । उनलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बैंकका वरिष्ठ अधिकृतहरूले स्वागत गरे ।  श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११ औं   संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमा...

राजेन्द्र महतोले गरे पदभार ग्रहण

नवनियुक्त उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली ग्रहण गरेका छन् । शुक्रबार  अपराह्न मन्त्रीमा नियुक्त भएका उनले राष्ट्रपतिको कार्यालय शितल निवासमा राती सवा ८ बजे सपथ लिएका थिए । सपथलगतै शहरी विकास मन्त्रालय पुगेर उनले पदबहाली गरेका छन् । सामान्यतया सिंहदरबारका मन्त्रालयहरूको कार्यालय समय १० देखि ५ बजेसम्मको हुने गरेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा पार्टीभित्र चर्को बिरोध भएपनि महतो–ठाकुर समूहका नेताहरु क