नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई आज पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बैंक अध्यक्षको पद बहाली गरे ।
उनलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बैंकका वरिष्ठ अधिकृतहरूले स्वागत गरे ।
श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११ औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो ।
श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमा...