काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेषण सोझै मोबाइल बैंकिङ्ग एपबाट पठाउन सक्नेछन् ।आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ्ग एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिने बै