रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । यो ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराको आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएको छ । चारैतिर हिमपातले सेताम्मे बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेको छ । राराको यो सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूको लर्को...