हिउँले ढाकिएको रारामा रमाउँदै पर्यटक

मुगु : नेपालकै सबैभन्दा ठूलो ताल रारा क्षेत्र हिउँले ढाकिएको छ। रारामा क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ। चिसोमा प्रवाह नगरी पर्यटकहरु हिउँ खेल्न पुगेका छन्।समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा वरिपरिका रुख तथा विरुवा हिउँले सेताम्य भएका छन्। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालले रंग फेर्ने गर्दछ। कहिले खैरो, कहिले बैजनी त कहिले नीलो गरी दिनमै तीन पटकसम्म रंग बदल्ने गर्दछ।

सम्बन्धित सामग्री

हिउँ खेल्न पुगेकाको एक लाख कार अड्किएपछि… (भिडियोसहित)

एजेन्सी, २५ पौष । हिमपात भएपछि पर्यटकहरु लाखौंको संख्यामा पहाडतिर लागे । उनीहरु चढेको एक लाखभन्दा बढी कार हिमपात बढेपछि अड्कियो । हिमपातमा रमाउँदै पहाडतर्फ उक्लिएकाहरु जाममा परे । रात छिप्पिदै गयो । कारभित्र चीसो बढ्यो । कार नै हिउँले छोपियो । जसका कारण कारभित्र रहेका कतिपय कठ्याङ्ग्रिए । कारहरु अगाडि नबढेपछि सुरक्षाकर्मीले चेकजाँच गर्न […]

हिर्काइदिउँ हिउँले? चिसोमा रमाउँदै गरेका मानिसहरुको दृश्य

काठमाडौं : राजधानी उपत्यका वरपरका डाँडा सेताम्मे भएपछि धेरैको रहर हुन्छ - हिउँ खेल्ने। त्यसैले धेरै लाग्छन् त्यही ठाउँमा जहाँ सजिलै पुगिन्छ। कुनै बेला हिउँ खेल्न दामन पुग्नेहरु हुन्थे। त्यसपछिको गन्तब्य बन्थ्यो गोदावरीको फुलचोकी। बाटो खुलेका ठाउँमा मानिसहरु हिउँ खेल्न जानु स्वभाविक थियो। नगरकोटमा पुग्नेहरु पनि उत्तिकै हुन्थे। लाकुरीभञ्ज्याङ पनि…

वर्षासँगै हिमपात, हिउँफूलमै कक्षा सञ्चालन (फोटोफिचर)

लामो समयपछि बिहीबार रातिदेखि दार्चुलासहित देशव्यापी रूपमा हिउँदे वर्षा र हिमपात भएको छ । दार्चुलाको अपि हिमाल र व्यास गाउँपालिकामा गाउँसम्मै हिमपात भएको छ । डाँडाकाडा सबै हिउँले ढाकिएर सेताम्य भएका छन् । अपि हिमालस्थित खण्डेश्वरी माबिलगायत केही विद्यालयहरु हिमपातमै सञ्चालन भइरहेको छन् । आकासबाट हिउँफुल खसिरहेको छ, शिक्षक खडक लोथ्यालले भन्नुभयो, ‘विद्यार्थीहरु चौरमा बसेर रमाउँदै अध्ययन गरिरहेका छन् । कतिबेला घाम पर्ने र कतिबेला वर्षासँगै हिउँ पर्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । हिमपातपछि चिसो बढेकोले जनजीवन भने कष्टकर बनेको छ ।’

हिउँ पर्‍यो फुरूरू, थवाङ् गाउँमा....

केटाकेटीहरु हिउँमा रमाउँदै खेलिरहेका थिए। ढुंगाका छाना, बारी , जलजला, सबै सेताम्मे देखिन्थे। गाडी, काम, स्कुल सबै ठप्प थियो। केटाकेटी र स्थानियहरु भने हिउँले हर्षित थिए।

हिमपातपछि हुम्लामा रमाउँदै पर्यटक

हुम्ला : सोमबारदेखि  हुम्लामा बाक्लो  हिमपात भएको छ। हुम्लाको उच्च भागमा  बाक्लो हिउँ जमेको छ। यस वर्षकै  माघ महिनाको पहिलो सातामै बाक्लो हिमपात भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए। हिउँले हुम्लाका उतरी गाउँपालिकाहरूका बस्ती सेताम्मे भएका छन्। हिउँ परेपछि सदरमुकाम सिमकोट रहेका पर्य...