छ्याङदी हाइड्रो Chhyangdi Hydropower Company ले फेरी हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने र त्यसको लागि पूर्व स्वीकृतिको लागि विद्युत नियमन आयोगमा लेखि पठाउने निर्णय गरेको हो । हाल कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाईसकेको छैन । तर ३० प्रतिशत हकप्रदको लागि अनुमति नै नपाई कम्पनीले फेरी हकप्रद निष्काशन प्रस्ताव गरेको हो । कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशन पश्चात हुने चुक्ता पुंजी ३८ करोड ६९ लाखको ४० प्रतिशतले हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ । कम्पनीले ऋण तिर्नको लागि हकप्रद निष्काशन गर्ने उल्लेख गरेको छ ।