कहिलेसम्म कायम शेयरधनीले पाउँछन् बरुण हाइड्रोको १०० प्रतिशत हकप्रद ?

बरुण हाइड्रोले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले  हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हकप्रद शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो । कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।  कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो ।कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाएको हो। 

सम्बन्धित सामग्री

हकप्रद सेयर आवश्यकता कि बाध्यता ?

पछिल्लो समयमा विभिन्न हाइड्रोपावर कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरिरहेका छन् । अबका दिनमा पनि थुप्रै हकप्रद सेयर जारी हुनेवाला छ । भटाभट हकप्रद सेयरहरू जारी भइरहेका कारण सेयर बजारमा असर गरेको बताउँछन् सरोकारवालाहरू । हकप्रद सेयर भर्नका लागि रकमको जोहो गर्न घटेको बजारमा पनि सेयर बेच्न परिरहेको बताउँछन् सरोकारवालाहरू । सामान्यतया हकप्रद सेयर जारी […]

हकप्रद जारी गर्न मल्टीपर्पस फाइनान्सलाई स्वीकृति

मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीले हाल कायम चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासन गर्नेछ ।कम्पनीको आगामी साधारणसभा तथा विशेष साधारणसभामार्फत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरी हकप्रद सेयर निष्कासन गर्ने बताइएको छ ।

अपर तामाकोसीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाण्डौ – अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौँ वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।  शुक्रवार काठमाण्डौमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्षिक साधारण सभामा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्यमबाट पुँजी वृद्धिक...

नारायणी विकास बैंकले शतप्रतिशत हकप्रद निकाल्दै

नारायणी विकास बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि बैंकले बोर्डमा आवेदन दिएकोमा शुक्रबार स्वीकृत भएको छ ।

मुक्तिनाथ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने

मुक्तिनाथ क्यापिटल लि.ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । क्यापिटलको मंगलबार बसको विशेष साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । योसँगै अब हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको चुक्ता पुँजी ४० अर्ब ५० करोड पुग्नेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ

अपि पावरले हकप्रद निष्कासन गर्ने

काठमाडौं, ५ कात्तिक । अब अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा असोज २५ गते निवेदन दिएको हो । अपि पावर कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्न नपाउने

बीमा कम्पनीहरुले यो आबीमा कम्पनीहरुले यो आर्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।र्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।

अपि पावरको हकप्रद आजदेखि

काठमाडौं। अपि पावर कम्पनीले आजदेखि हकप्रद सेयरको बिक्री खुलाएको छ। कम्पनीले एक कित्ता बराबर ०.२९३८ प्रतिशत हकप्रद सेयर बिक्री खुलाएको हो। कम्पनीले एक सय अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छ।

अपि पावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौं। अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित १ बराबर ०.२९३८ कित्ताको अनुपातमा हकप्रद जारी गर्ने भएको हो। ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल तोकिएको छ। कम्पनीको हकप्रद यही वैशाख २८ गतेसम्म सेयरधनी हुनेहरुले पाउनेछन्।