बरुण हाइड्रोको शतप्रतिशत हकप्रद आजदेखि बिक्रि खुला

बरुण हाइड्रोले आज भदौ ६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। लगानीकर्ताले यस हकप्रदमा भदौ २६ गतेसम्म आवेदन दिन सक्ने छन् ।  कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।  हकप्रद शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो । कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।  कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो ।कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाई हकप्रद बिक्रि गर्न लागेको हो। 

सम्बन्धित सामग्री

बरुण हाइड्रोको हकप्रद भर्ने आज अन्तिम दिन

बरुण हाइड्रोले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।  हकप्रद शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो । कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।  कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो ।कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाई हकप्रद बिक्रि गरेको हो।

बरुण हाइड्रोको हकप्रद स्थगन, आवेदन दिने प्रक्रिया रोकियो

बरुण हाइड्रोको हकप्रदमा आवेदन दिने प्रक्रिया रोकिएको छ । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले अर्को सूचना प्रकाशन नभएसम्मको लागि बरुण हाइड्रोको हकप्रद स्थगन गरिएको जनाएको हो ।सिडीएसका अनुसार  हकप्रदको लागि बिक्रि प्रबन्धक रहेको आरबिबि मर्चेन्ट बैंकले गलत डाटा अपलोड गरेका हकप्रदमा आवेदन दिने प्रक्रिया रोकिएको हो। आरबिबि मर्चेन्टले सहि डाटा अपलोड गरेपछि आवेदन दिने प्रक्रिया पुन: सुरु हुने सिडीएसले जनाएको छ । हाल मेरोशेयरमा रहेको शेयर निष्काशन भईरहेको कम्पनीको सूचीबाट पनि बरुण हाइड्रोको हकप्रद हटाईएको छ ।सिडीएसको तथ्यांक अनुसार हकप्रदमा आवेदन दिने प्रक्रिया रोकिनु अगाडीसम्म हकप्रदमा १३ सय ५ जनाले आवेदन दिएका छन् । तर बिक्रि प्रबन्धकले गलत डाटा अपलोड गरेको खुलेसँगै आवेदन दिने प्रक्रिया रोकिएकोले यी १३०५ जनाको आवेदन के हुने भन्ने बारे सिडीएसले केहि पनि खुलाएको छैन ।बरुण हाइड्रोले आज भदौ ६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।  नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो । कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।  कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो । कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाई हकप्रद बिक्रि गर्न लागेको हो।