नारायणी डेभलपमेन्ट बैंकले दोस्रो हकप्रद नदिने, साधारणसभाको एजेण्डाबाट हटायो प्रस्ताव

नारायणी डेभलपमेन्ट बैंकले साधारणसभाको एजेण्डाबाट हकप्रद प्रस्ताव हटाएको छ । बैंकले बिहिबार जारी गरेको साधारणसभाको सूचनामा हाल निष्काशन भईरहेको शत प्रतिशत हकप्रद प्रस्ताव फेरी अर्को १:१ को अनुपातको शत प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । तर कम्पनीले आज साधारणसभाको सूचनामा भूलसुधार गरिएको भन्दै अर्को सूचना जारी गरेको छ । जसमा हाल निष्काशन भईरहेको हकप्रदपछि हुन् आउने चुक्ता पुँजी २६ करोड २४ लाखको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने भन्ने विशेष प्रस्ताव हटाईएको छ । बैंकले पुस २९ गते बिहिबार साधारणसभा आह्वान गरेको छ । बैंकको पछिल्लो सूचना अनुसार अब साधारणसभामा निम्न प्रस्ताव पेश हुने छन् ।साधारण प्रस्ताव(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। (२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल असार मसान्तको वित्तीय विवरण, सोही मितिमा पेश भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब विवरण, नगद प्रबाह विवरण, इक्वीटिमा भएको परिवर्तनको विवरण र सो सँग सम्बन्धित अनूसुचीहरु सहितको वित्तीय विवरणहरु पारित गर्ने । ३. लेखापरीक्षण समितिको सिफारीसमा बैंकको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (४) संचालक नियुक्ति अनुमोदन गर्ने । (५) संचालक समितिका पदाधिकारीको बैठक भत्ता तथा सुबिधा निर्धारण गर्ने सम्बन्धमा ।विशेष प्रस्ताव (१) कम्पनीको नियमावली संशोधन गर्ने सम्बन्धमा । (२) यस नारायणी डेभलपमेण्ट बैंक लि.र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति/समाहित (Acquisition) हुने, रणनीतिक साझेदार, नयाँ लगानीकर्ता भित्रयाउने प्रयोजनका लागि उपयुक्त बैंक वित्तीय संस्था, साझेदार, लगानीकर्ताको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याकंन (Due Diligence Audit) गर्ने परामर्शदाता, मुल्याकंनकर्ता, लेखापरीक्षक नियक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसँग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने । (३) कम्पनीको नियमावलीमा संशोधन गर्ने सम्बन्धमा कम्पनीको आवश्यकता अनुसार तथा नियमनकारी निकायहरुवाट कनै फेरवदल, सझाव भएमा सोही अनसार आवश्यक फेरवदल गर्न संचालक समिति वा संचालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिन स्वीकृत दिने । 

सम्बन्धित सामग्री

छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद बिक्री गर्ने

काठमाडौँ । छ्याङ्दी हाइड्रोपावरले आफ्ना लगानीकर्ताहरुर्ला १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ः१.५ अनुपातको दरमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो । यसअघि, कम्पनीको ९२औं सञ्चालक समितिको

अपि पावरले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हकप्रद सेयर बिक्री गर्ने भएको हो ।  कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार ४० प्रतिशत हकप्रद निष्कासन हुनेछ ।

हकप्रद जारी गर्न मल्टीपर्पस फाइनान्सलाई स्वीकृति

मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीले हाल कायम चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासन गर्नेछ ।कम्पनीको आगामी साधारणसभा तथा विशेष साधारणसभामार्फत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरी हकप्रद सेयर निष्कासन गर्ने बताइएको छ ।

८८ प्रतिशत हकप्रद जारी गर्ने एलआईसी नेपालको प्रस्ताव

१४ भदौ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्‍याउन हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको १३ भदौमा बसेको सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । ११ फागुन २०७८ मा सम्पन्न साधारणसभाबाट कायम चुक्ता पूँजी […]

अपर तामाकोशीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित

३ भदौ, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले १४ औं वार्षिक साधरण सभामार्फत शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार काठमाडौंमा भएको वार्षिक साधरणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीको वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गर्दै उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त […]

अपर तामाकोसीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाण्डौ – अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौँ वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।  शुक्रवार काठमाण्डौमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्षिक साधारण सभामा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्यमबाट पुँजी वृद्धिक...

अपर तामाकोशीले आज शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्ने

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४ औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ ।सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ । जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।सभाले सञ्चालन समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष ०७७(७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने

३० हसार, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निश्कासन गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको २५७ औं बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो । हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठकाअनुसार उक्त प्रस्ताव स्वीकृतिका लागि १४औं साधारण सभामा पेश गर्ने निर्णय भएको छ । हकप्रद […]

मुक्तिनाथ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने

मुक्तिनाथ क्यापिटल लि.ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । क्यापिटलको मंगलबार बसको विशेष साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । योसँगै अब हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको चुक्ता पुँजी ४० अर्ब ५० करोड पुग्नेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ

अजोड इन्स्योरेन्सको साधारणसभा वैशाखमा, ५० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव

अजोड इन्स्योरेन्सले बार्षिक साधारण सभा ७ वैशाख मा गर्ने भएको छ । साधारणसभाबाट इन्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव सभाबाट पारित गर्ने समेत जनाएको  हो