कस्ता छन् सेयर खुलाएका रसुवागढी र सान्जेन आयोजना ?

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत दोस्रो चरणमा रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले सेयर खुलाएका छन्। यस कार्यक्रमअन्तर्गत धमाधम सेयर खुल्दै गर्दा सर्वसाधारण लगानीकर्तामा अन्यौलता थपिएको छ।

सम्बन्धित सामग्री

चिलिमे हाइड्रोपावरद्वारा २ वटा आयोजना बनाउन लगानी बोर्डमा प्रस्ताव, ३६ अर्ब लागत

चिलिमे हाइड्रोपावर कम्पनीले २ वटा हाइड्रोमा लगानी गर्नको लागि लगानी बोर्डमा प्रस्ताव पेश गरेको छ । चिलिमेले सेती नदी–३ (एसआर–३) र बूढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्न लगानी बोर्ड समक्ष प्रस्ताव पेश गरेको हो ।आज चिलिमेका प्रमुख कार्यकारी अधिकृत सुबाष कुमार मिश्रले आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई सेती नदी–३ (एसआर–३) र बूढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्नको लागि प्रस्ताव पेश गरेका हुन् । एसआर–३ सेमी स्टोरेज अर्थात् अर्ध-जलाशययुक्त आयोजन  हो । बझाङमा अवस्थित यस आयोजनाको कुल लागत १९ अर्ब ६६ करोड अनुमान गरिएको छ । यो ८७ मेगावाटको आयोजना हो ।  त्यस्तै  बूढीगण्डकी प्रोक जलविद्युत परियोजना रन अफ द रिभर अर्थात्   नदी प्रवाहमा आधारित योजना हो। गोरखामा अवस्थित यस आयोजनाको कुल लागत १६ अर्ब ४५ करोड अनुमान गरिएको छ । यो ८१ मेगावाट क्षमाताको आयोजना हो ।चिलिमेको २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना सञ्चालनमा रहेको छ र सो कम्पनीको अगुवाइमा विभिन्न कम्पनीहरूमार्फत् अतिरिक्त १०२ मेगावाटको मध्य भोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत परियोजनाहरू निर्माणाधीन रहेका छन्।सेती करिडोरका जलविद्युत परियोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोड्नका लागि भारत सरकारको लाइन अफ क्रेडिट सुविधामा चैनपुर–वनलेक–न्यूअत्तरिया ४०० केभी क्षमताको १५० किमि प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत् कार्यान्वयन हुँदै छ। परियोजनाको विद्युत गृहदेखि चैनपुरसम्म जोड्ने १६ किमि प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ। त्यस्तै, बुढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्ने बोर्डले जनाएको छ।

रसुवागढी र सान्जेन आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गरिने

आगामी आर्थिक वर्ष ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ। आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले  आगामी आर्थिक वर्ष ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने बताएका हुन्। उनले आगामी आर्थिक वर्षमा १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, तल्लो सान्जेन, सोलु, दुध कोशी, तल्लो सोलु, सुपर दोर्दी लगायतका आयोजना आगामी आर्थिक वर्ष सम्पन्न गरि आगामी आर्थिक वर्ष ७१५ मेगावाट बिजुली थप गरिने उनले बताए ।त्यस्तै उनले नेपाल विद्युत प्राधिकरणले प्रिमियममा आईपिओ निष्काशन गर्ने बताएका छन् ।  प्राधिकरणको क्रेडिट रेटिंग भईसकेकोले अब प्रिमियममा आईपिओ निष्काशन गर्ने प्रक्रिया बढाईने उनले बताए  ।त्यस्तै कोभिडका कारण प्रभावित भएका जलविद्युत आयोजनाको अनुमति पत्रको अवधि २ वर्ष थप गरिने भएको छ  । यस्तै सार्वजानिक निकायले विद्युतीय गाडी खरिद गर्नु पर्ने ब्यबस्था गरिने उनले बताए ।उनले एलपी ग्यास छोडौ, विद्युती जोडौ अभियान संचालन गरिने बताए । त्यस्तै उनले एलपी ग्यासको अनुदान हट्ने र ३ महिना भित्र सिंहदरबारबाट ग्यास हट्ने बताए । उनले उर्जाको लागि कुल ७५ अर्ब बिनियोजन गरिएको बताए । मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ ।

सान्जेन र रसुवागढी आयोजना छिटो सक्न प्राधिकरणको ताकेता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण छिटो सम्पन्न गर्न ताकेता गरेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका यी आयोजना निर्माण सक्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका आयोजनाको […]

प्रत्येक प्रदेशमा जलविद्युत् आयोजना निर्माण गर्छाैं : ऊर्जामन्त्री

मासिक २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने निर्णय नेपाल विद्युत् प्राधिकरणले गरिसकको तथा आयातित ग्यास विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने बिजुलीको उपभोग बढाउन विद्युत् महसुल समायोजन गर्ने पनि ऊर्जामन्त्री भुसालले जानकारी दिइन्।...

रसुवागढी र सान्जेन जलविद्युत्मा ढिलाइ

निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र ५७ मेगावाटको सान्जेन जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन तोकिएको

रसुवागढी र सान्जेल जलविद्युत आयोजनाको आइपिओ बैशाख ६ गतेबाट खुल्ने

काठमाडौं। रसुवगढी जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाले वैशाख ६ गतेदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएका छन्। रसुवागढीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता र सान्जेनले ४९ लाख ...

सान्जेन र रसुवागढीको आइपिओ फागुन ११ बाट - Naya Patrika

सान्जेन जलविद्युत् आयोजना र रसुवागढी जलविद्युत् आयोजनाको पहिलो चरणको सेयर फागुन ११ गतेदेखि निष्कासन हुने भएको छ । पहिलो चरणमा कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ताका लागि २ अर्ब २०...पूरा पढ्नुहोस् »

रसुवागढी र सान्जेनले कर्मचारी र ऋणदाताका लागि साढे २ अर्बको सेयर दिँदै

२४ माघ, काठमाडौं । रसुवागढी जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाले कर्मचारी र सञ्चयकोषका सञ्चयकर्ताका लागि छुट्याएर राखेको सेयर निस्कासन् गर्न लागेका छन् । दुवै आयोजनाले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, स्थानीय तहका कर्मचारी र सञ्चयकोषका सञ्चयकर्ताका लागि छुट्याइएको सेयर जारी गर्न लागेका हुन् । नेपाल विद्युत प्राधिकरणको सहायक …